काठमाडौं / पद तथा गोपनीयताको शपथ ग्रहण सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशहरुले गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज मंगलबार पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त त्रय न्यायाधीशहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।
शपथपछि नवनियुक्त त्रय न्यायाधीहरुको आज मंगलबार नै इजलास समेत तोकिएको छ ।