18.5 C
Kirtipur
Friday, September 19, 2025

वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल

Must read

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ ।     

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ परियारले भने ।  प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि पनि भेटेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article