23 C
Kirtipur
Saturday, September 20, 2025

रुपन्देही–२ मा मत गणना सुरु गर्न निर्देशन

Must read

रुपन्देही । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो ।

बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए । सोही माग अनुसार शुक्रबार बिहानबाट त्यहाँ मत गणना रोकिएको थियो । ‘मत पेटिकाभित्र भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारू गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयअनुसार हुन अनुरोध छ,’ आयोगका उपसचिव ऋषिराम भुसालले पठाएको पत्रमा भनिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article