कीर्तिपुरमा पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आज नोभेम्बर २५ तारिख शुक्रबारदेखि सुरु भएको छ ।
कीर्तिपुर क्षेत्रका महिला संजाल लगायत, नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं विभिन्न स्कूलका विद्यार्थीहरुको सहभागितामा उक्त अभियान शुभारम्भ गरेका हुन् । अभियान अन्तर्गत कीर्तिपुर नगर परिक्रमा गरेको ¥यालीमा सहभागीहरुले महिला हिंसाविरुद्ध तथा लैङ्गिक हिंसाविरुद्ध विभिन्न नारा अंकित प्लेकार्ड एवं ब्यानर पनि प्रदर्शन गरेका थिए । यस्तै, प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईदै आइरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान राजधानीमा पनि विविध कार्यक्रम गरी सुरु गरिएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले महिला, बालबालिका तथा समाज कल्यण मन्त्रालय, राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा मङ्सिर ९ गते शुक्रबार महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, न्यूरोड हुँदै बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको छ । –ललेन्द्र शाक्य