23.5 C
Kirtipur
Friday, September 19, 2025

साउनदेखि असोज सम्ममा एनटीसीकाे १० अर्ब ९५ आम्दानी

Must read

 काठमाडाैं |  नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज) सम्ममा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ । 

टेलिकमले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा गरेको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८० प्रतिशत मात्रै बढी हो । 

टेलिकमले यो वर्षको पहिलो चौमासिकमा गत वर्षभन्दा ८ करोड ७७ लाख ४३ हजार बढी आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ थियो ।   गत आवको प्रथम त्रैमासिकमा (२०७८ असोज मसान्त) सम्ममा कम्पनीको कूल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार थियो । यस्तो आय चालू आवको सोही अवधि (२०७९ असोज मसान्त) सम्ममा ६९ करोड ७७ लाख ९ हजारले कम भएको टेलिकमले जानकारी दिएको छ । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article