18.5 C
Kirtipur
Friday, September 19, 2025

समूह जी का उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेले

Must read

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह जी का उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।    खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।खेलमा ५६ प्रतिशत बल प्रोसेसन बनाएको उरुग्वे कोरियाको रक्षापंक्ती तोड्न असफल भयो।   

खेलको १९ औँ मिनेटमा फेडेरिक भल्भर्डेको प्रहारले पोष्टको दिशा लिन नसक्दा उरुग्वे अग्रता बनाउनबाट चुक्न पुग्यो। २२ औँ मिनेटमा लुइस सुआरेजले अग्रता बनाउने मौका गुमाए। त्यसको केही सेकेण्डमा नै डर्विन नुनेजको प्रहार गोलरक्षकले बचाउँदा उरुग्वेले अग्रता बनाउन सकेन। 

  ३४ औँ मिनेटमा कोरियाका ह्वाङ उइ–जो को प्रहार पोष्टको माथिबाट आकासिदा अग्रता बनाउने सुन्दर मौका गुमायो।आजै हुने यही समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्दैछन्। खेल पौने १० बजे सुरु हुनेछ।    सन् २०१८ को विश्वकपमा फरक समूहबाट यी टोलिले अन्तिम १६ को यात्रा तय गरेका थिए। उरुग्वे क्वार्टर फाइनलबाट बाहिरिएको थियो। कोरिया भने अन्तिम १६ सम्म पुगेको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article