– ललेन्द्र शाक्य
अकस्मात रुपमा एमालेले केही महिना अघि मात्र माओवादीसंग समीकरण गरी गठन गरेको सरकार यति चा“डै किन ढाल्न पुग्यो भन्ने विश्लेषण राजनीतिक वृत्तमा चर्चा परिचर्चाको रुपमा भइरहको अवस्था छ । विशेष गरी माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक रणनीति ५ वर्षसम्मै प्रधानमन्त्री हुने अवस्था देखिएकोले एमालेले यसरी माओवादीलाई छोडी कांग्रेससंग लिप्त भई सरकार गठन गर्न आतूर भएको देखिएको छ । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि मात्र एक सार्वजनिक कार्यक्रममा यो सरकार ५ वर्षसम्म नै जाने र आफूहरुसंग जादूको लक्की नम्बर भएको विचार पस्कने बित्तिकै एमालेले करिब दुई साताअघिदेखि प्रचण्डको रणनीतिबारे अध्ययन गर्दै आइरहेको हो ।
प्रधानमन्त्री प्रचण्डले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री भइरहनका लागि गठबन्धनका अन्य पार्टीहरुसंग छलफल नै नगरी अति गोप्य तरिकाले नेपाली कांग्रेसका नेताहरुसंग हालको समीकरण सरकारलार्य परिवर्तन गरी राष्ट्रिय सरकार निर्माण गर्ने प्रस्ताव राख्न गएका थिए ।
यसरी कांग्रेसलाई पुनः सरकारमा सामेल गराई राष्ट्रिय सहमतिको सरकार गठन गर्ने रणनीतिलाई फेल गर्नका लागि एमालेले सिधै नै कांग्रेसलाई एकजूट भई सरकार गठन गर्नका लागि छलफललाई तीव्रता दिएको हो भने कांग्रेसले पनि आफूलाई धोका दिई एमालेसंग सरकार गठन गरेका प्रचण्डलाई यो समय सत्ताच्यूट गर्नका लागि एमालेसंग एक भई सरकार निर्माण गर्ने विषयमा सहमति जनाएका हुन् ।
राजनीतिक रुपमा प्रचण्डको रणनीति फेल गर्नका लागि एमाले र कांग्रेसको सरकार गठन गर्न लागेको हो भने यो दुई दल कांग्रेस र एमाले स–साना दलहरु एक भई दुई ठूला दललाई समस्याको बाटोमा दोहो¥याइरहेको विश्लेषण गर्दै दिगो रुपमा पछिल्ला दिनहरुमा पनि यस्ता राजनीतिक समस्यालाई निम्तो नदिनका लागि संविधान नै संशोधन गरी राज्यसत्तामा स–साना दलहरुलाई
सरकारमा सामेल हुने ढोका नै सदाका लागि बन्द गर्ने हेतुले समानुपातिक राजनीतिक प्रणाली अन्त्य गर्ने गरी सहमति भएको हो । यस कार्यका लागि संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ भने संविधान संशोधन गर्नका लागि संविधान अनुसार दुईतिहाई बहुमत कांग्रेस र एमालेसंग भएकोले संविधान संशोधन गर्न लागेको हो ।
छोटो समयमैं माओवादीलाई किन छोड्यो एमालेले ?
