21 C
Kirtipur
Monday, July 7, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित नतिजा ल्याएर सांसद बन्नेहरू

Must read

 काठमाडौं । आम निर्वाचनको परिणाममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित नतिजा ल्याइरहेको छ।  नतिजाजस्तै प्रत्यक्षतर्फ अनपेक्षित रुपमा नै अग्रता पनि लिइरहेको छ। यो पार्टीले समानुपातिकतर्फ पनि राम्रो मत ल्याइरहेको छ। 

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यमा ४ स्थानमा जितेको छ भने ४ स्थानमा अगाडि छ। पछिल्लो गणनाअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले  १३.२ प्रतिशत मत ल्याएको छ। रास्वपालाई यही गतिमा भोट आइरहे समानुपातिकतर्फ तेस्रो दल बन्ने सम्भावना छ।  यो पार्टीले पनि कांग्रेस र एमालेकै हाराहारीमा समानुपातिकमा मत आउने दाबी गरेको छ। स्वतन्त्र पार्टीले १ सय १० जना समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। 

प्रत्यक्षमा सबै क्षेत्रमा उम्मेदवार उठाउँदा र समानुपातिकको सूची तयार पार्दा पनि उमेदवार तयार पार्न हम्मे परेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित नतिजा ल्याएको छ।  रास्वपाले ४० जना समानुपातिक प्रणालीबाट सांसद हुने दाबी गरेको छ। पार्टीले दाबी गरेजत्तिकै सांसद नचुनिएपनि यही गतिमा मत आइरहे कम्तिमा १५ देखि २० जना भने चुनिने निश्चित जस्तै छ। 

अप्रत्यासित भोट आएसँगै रवि लामिछानेको पार्टीबाट को–को समानुपातिकतर्फबाट सांसद बन्लान् भन्ने चासो बढेको छ।  समानुपातिक बन्दसूची अनुसार स्वतन्त्र पार्टीले खसआर्यबाट डोलप्रसाद अर्याल, गणेश कार्की, दीपक बोहोरालगायतको सूची बुझाएको छ । उनीहरू नै समानुपातिकबाट सांसद भन्ने सम्भावना हुन्छ। 

आदिवासी जनजाति कोटाबाट डा. ढाका श्रेष्ठ, मेघबहादुर आले, विष्णुकुमार श्रेष्ठसहितको टोली छ। मतको आधारमा उनीहरूमध्ये नै सांसद बन्ने सम्भावना हुन्छ।  मधेसी कोटाबाट मनीष झा, तपेश्वोर यादव, सुरेशप्रसाद साहलगायतको नाम बन्दसूचीमा रहेको छ। खस आर्य महिलाको कोटाबाट प्रा.डा.चन्दा कार्की, निशा डाँगी, चन्द ऐर चाँदनी लगायतको नाम रहेको छ। 

आदिवासी जनजाति महिलातर्फबाट इन्दिरा राना, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार तथा मधेसी महिला कोटाबाट लक्ष्मी तिवारी, निशा मेहता, कामिनी कुमारीलगायत छन्। दलितको पुरुष कोटाबाट सन्तोष परियार, शिव नेपाली, खिमबहादुर वादी र दलित महिलाबाट कल्पना रोक्का, रूपा शंकर र सविना विश्वकर्मालगायतका छन्। 

आदिवासी जनजाति पुरुषमा अशोककुमार चौधरी, प्रेमलाल चौधरी र हैरानु थारू आदिवासी जनजाति महिलाबाट सविना महतो, पुष्पा चौधरी, तृप्तिशिखा चौधरी सूचीमा रहेका छन् । त्यसैगरी, मुस्लिम पुरुष कोटाबाट आसिफ शाह, इस्नामुल्ला मियाँ, मुस्लिम महिलाबाट सामिना मियाँ, समिउन निशा र रजिजया खातुन सूचीमा रहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article