27 C
Kirtipur
Wednesday, July 9, 2025

पोखरामा लिटरेचर फेस्टिभल हुने  

Must read

पोखरा । दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ देखि ११ सम्म पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले फेस्टिभलबारे जानकारी दिएको हो । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझसहित दैनिक हजारौँ साहित्यानुरागी भेला हुनेछन् ।


फेस्टिभलको यो संस्करणमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायतको सहभागिता रहने फाउन्डेसनका निर्देशक निरज भारीले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायतले फेस्टिभलका विभिन्न सेसनमा सहभागिता जनाउनेछन् ।

फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति रहेका छन् । फेस्टिभलको पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहेको छ ।

फेस्टिभलको पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुति रहेको छ । यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुति रहेको छ ।

फेस्टिभलको अन्तिम दिन प्रदीप रोदनको महफिल रहने छ । फेस्टिभलको प्रवद्र्धन पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानले साझेदारी गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article