19 C
Kirtipur
Monday, April 28, 2025

सविन महर्जनकी छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा निःशुल्क शिक्षा

Must read

चैत ३० गते
तीनकुने घटनामा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका वडा नं. ४ गाम्चाका सविन महर्जनकी छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा १२ कक्षा सम्म निःशुल्क शिक्षाको प्रवन्ध मिलाउने भएको छ । उक्त स्कूलमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्। कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराए।
“सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ”, श्रेष्ठले भने ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article