नेवाः देय् दबूको विषयगत संगठन नेवाः कलाकःमि दबूको अधिवेशन शनिवार सम्पन्न भएको छ । नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितको प्रमुख आतिथ्यमा काठमाण्डौमा भएको उक्त अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । नयाँ नेतृत्वको अध्यक्षमा शेष नारायण महर्जन, बरिष्ठ उपाध्यक्षमा पबित्र बिर सिंह कंसाकार, उपाध्यक्षहरु धर्म मुनिकार, रोजी डंगोल श्रेष्ठ, महासचिव नरेन्द्र महर्जन, कोषध्यक्ष गीता सिख्राकार, सचिव बिजयराम बनमाला, सह कोषाध्यक्ष सरिता प्रजापति, सदस्यहरुमा पुर्णमान महर्जन, माणिक रत्न शाही, राम कुमार सायमि, मिनर्वादेवि शाक्य बज्राचार्य, सुनेश श्रेष्ठ, बिना अवाले, चेकराम अवालेलाई सर्वसम्मतबाट चयन गरेको छ ।