20 C
Kirtipur
Saturday, May 24, 2025

दर्शन सहकारीद्वारा बचत रकम फिर्तासूचना सार्वजनिक, रकम फिर्ता कार्ययोजना सुरु

Must read


–ललेन्द्र शाक्य
कीर्तिपुर÷दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमवार एक सूचना सार्वजनिक गरी बचत रकम फिर्ता सम्बन्धी जानकारी दिइएको छ ।
मिति २०८१ असार ७ गते दर्शन सहकारी संस्थाबाट प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय हेटौंडामा पेश गरेको विस्तृत बचत रकम फिर्ता कार्ययोजना अनुसार मिति २०८१ असार २३ गतेआइतबारबाट बचत रकम फिर्ता गर्न सुरु गरिएको हो ।
पहिलो चरणको बचत रकम फिर्ता मिति २०८१ असार ३० गतेभित्र फिर्ता दिई सम्बन्धित निकायमा प्रतिवेदन समेत पेश गरिने जानकारी उक्त सार्वजनिक भएको सूचनामा उल्लेख गरिएको छ । यस्तै दोस्रो चरणको बचत रकम फिर्ता समेत मिति २०८१ श्रावण १५ गतेबाट सुरु गरी भाद्र मसान्तभित्र सम्पन्न गरिने जानकारी पनि उक्त सार्वजनिक भएको सूचनामा उल्लेख गरिएको छ ।
दर्शन सहकारीद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “भीड नहोस् भनेर निम्न अनुसारको व्यवस्थापन गरिएको हुनाले सबैले यसै अनुसार पालना गरेमा सहज वातावरणमा सबैको रकम कार्ययोजनामा उल्लेखित मितिभित्र नै फिर्ता गरिने पनि सबैलाई जानकारीको लागि अनुरोध छ ।”
दर्शन सहकारीले सार्वजनिक गरेको सूचनामा बुँदागत रुपमा भनिएको छ–
१. सबैको बचत फिर्ताको तालिका मिति अनुसार दर्शन साकोसको फेसबुक पेजमा र सम्पूर्ण सेवा केन्द्रको सूचना पाटीमा टाँस गरिएकोले आफ्नो जुन मितिमा परेको छ सोही मितिमा मात्र कार्यालयमा स्वयं नै पासबुकसहित उपस्थित भई फिर्ता रकम लिन आउन हुन ।
२. आफ्नो विवरणसहित टेलिफोनबाट समेत कार्यालयको फोनमा सोधेर आफ्नो पालोमा मात्र आउन सक्नेछ । जानकारीको लागि टेलिफोन नम्बरहरु पनि उल्लेख गरेका छौं । मुख्य कार्यालय कीर्तिपुर, सोनित्य सेवा केन्द्र, आदिवासी सेवा केन्द्र ।
३. ज्येष्ठ नागरिक र असहाय सदस्यहरुको लागि कर्मचारीमार्फत घरमा नै पु¥याउने व्यवस्था मिलाइएकोले बर्षा र भीडमा सकेसम्म कार्यालयमा नआउन अनुरोध छ ।
४. गैर सदस्यलाई कार्यालयमा प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएकोले कार्यालयमा उपस्थित हुन पासबुक अनिवार्य रुपमा लिएर आउनु होला ।
५. अन्य सदस्यहरु पनि आफ्नो बचत रकम फिर्ताको पालोको दिन मात्र उपस्थित हुनु होला । अन्य दिनमा अनावश्यक रुपमा भीड हुने भएकोले नआउनु होला ।
६. केही सदस्यहरु दिनदिनै आएर कार्यालयको दैनिक कार्य असहज हुनेगरी र भीड हुनेगरी कार्य गरिरहनु भएकोले यस्तो कार्य नगर्नु हुन समेत अनुरोध छ ।
७. कसैको तालिकामा नाम छूट हुन गएमा प्रमाणसहित पेश गर्नुहोला ।
८. सदस्यहरु र कर्मचारीहरु सबैले संयमित र सभ्य भाषा र बोली वचन प्रयोग गरी एक अर्कालाई सम्मान गर्नु होला ।
कीर्तिपुरको दर्शन सहकारीद्वारा यसरी बुँदागत रुपमा नियम लागू गरी बचतकर्ताहरुको रकम फिर्ता गरिने कार्ययोजना बनाएकोले दर्शनका बचतकर्ता एवं निक्षेपकर्ताहरुमा आशाका किरण तरंगित भएको छ ।
दर्शनको यो कदमबाट सम्पूर्ण बचतकर्ता एवं निक्षेपकर्ता सदस्यहरुदेखि आम स्थानीय बासिन्दा एवं नागरिकहरुले दर्शन सहकारीप्रति सकारात्मक दृष्टिकोण राखिने पक्का भएको अवस्था देखिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article