20 C
Kirtipur
Saturday, May 24, 2025

कीर्तिपुरमा दर्शन सहकारी पीडित संघर्ष समितिको अपिल सार्वजनिक

Must read


– ललेन्द्र शाक्य
कीर्तिपुर/कीर्तिपुरमा दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड पीडित संघर्ष समिति २०८१ द्वारा जेष्ठ २६ गते शनिबार एक अपिल सार्वजनिक गरेको छ ।
दर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनद्वारा हस्ताक्षरित उक्त सार्वजनिक भएको अपिलमा दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध वचतकर्ता एवं निक्षेपकर्ताहरु विगतको वर्षदेखि आफ्नो वचत एवं निक्षेप रकम फिर्ता लिनका लागि पहल गर्दै आन्दोलन एवं संघर्ष गर्दै आइ
रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक भएको उक्त अपिलमा भनिएको छ, “अन्तिम समय २०८१ जेठ ११ गते शुत्रबार र जेठ १३ गते आइतबारका दिन दर्शन साकोसका संचालक एवं पीडित वचतकर्ता तथा निक्षेपकर्ताहरु बीच दर्शन साकोसको कार्यालयमा नै भएको सहमति कार्यान्वयन गर्न र गराउनका लागि दर्शन सहकारी पीडित संघर्ष समितिद्वारा नियमित निरन्तर पाईला चाल्दै आइरहेको र वचत एवं निक्षेपकर्ताहरुको रकम फिर्ता नदिएसम्म संघर्षमा उत्रिरहने पूर्ण विश्वास व्यक्त गर्दछौं ।”
दर्शन सहकारी पीडित संघर्ष समितिबाट सार्वजनिक गरिएको अपिलमा यस समयभित्र पीडितहरुको संघर्षलाई छेदविच्छेद गरी तुहाउन अनावश्यक भ्रमहरु सिर्जना गर्नसक्ने भएकोले त्यस्ता भ्रममा भ्रमित नभई प्रत्यक्ष रुपमा संघर्ष समितिका सदस्यहरुमाँझ जिज्ञासा एवं सल्लाह सुझाबका साथ संघर्ष एवं अभियानमा साथ दिन अपिल गर्दछौं भन्ने भनाई उल्लेख गरिएको छ ।
दर्शन सहकारी पीडित संघर्ष समितिबाट सार्वजनिक भएको अपिलमा भनिएको छ, “यस दर्शन सहकारीका संचालकहरु चाँडोभन्दा चाँडो कार्यालयमा उपस्थित भई सहकारी नियमित एवं निरन्तर संचालन गरी वचतकर्ता एवं निक्षेपकर्ताहरुको माग सम्बोधन गर्न पनि अनुरोध गर्दछौं ।”
दर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनले आउँदो असार महिनाको २ गतेभित्र समस्या समाधान भएन भने उग्र रुप लिन्छ भन्दै दर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालकहरुहरुलाई चेतावनी समेत दिनुभएको छ ।
यस्तै, कीर्तिपुर नगरपालिकाका सहकारी विभागका शाखा प्रमुख बरिष्ठ अधिवक्ता सुजिन्द्र महर्जनले कीर्तिपुर क्षेत्रभित्र ८५ वटा सहकारी संस्थाहरु भएको जानकारी दिँदै कीर्तिपुर क्षेत्रमा दुई चार वटा सहकारी संस्थाहरुमा मात्र समस्या सिर्जना भएको भन्नु हुन्छ । बरिष्ठ अधिवक्ता एवं कीर्तिपुर नगरपालिका सहकारी विभाग शाखा प्रमुख महर्जनले सहकारीका वचत एवं निक्षेप कर्ताहरुको रकम सहकारीका संचालकहरुले पचाउनै नसकिने जानकारी पनि दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “सहकारी संचालकहरुले विश्वको सातै वटा महादेशको जुनसुकै कुनामा गए पनि वचत एवं निक्षेपकर्ताहरुको रकम खानै सक्दैन । सम्भवै छैन ।”
यदि कुनै सहकारी धराशायी भइयो वा संचालकहरुको गलत प्रवृत्तिले सहकारी बन्द हुने अवस्था आइयो भने सहकारी संचालकदेखि कर्मचारीहरुको सम्पत्तिबाट असूल एवं भुक्तानी गर्नुपर्ने सहकारीको कानूनै छ भन्नु हुन्छ कीर्तिपुर नगरपालिका सहकारी विभाग शाखा प्रमुख बरिष्ठ अधिवक्ता सुजिन्द्र महर्जन ।
महर्जन भन्नुहुन्छ, “सहकारीका पीडित वचतकर्ता एवं निक्षेपकर्ताहरुले आफूले जम्मा गरेको रकम फिर्ता पाउँछ नै । तर पूरै पाउँछ कि के कति पाउँने हो हाल भन्न नसकिने अवस्था छ । ढिलोचाँडो भए पनि फिर्ता पाउँछ ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article