27 C
Kirtipur
Wednesday, July 9, 2025

चिनियाँ दूतावास र रास्वपा नेतृत्वबीच भेटवार्ता

Must read

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ ।

आज रास्वपाको पार्टी कार्यालय वसुन्धरामा संक्षिप्त भेटवार्ता भएको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।

“उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो । आजको भेटको खास एजेण्डा केही थिएन,  शिष्टाचार भेटवार्ता भएको हो”, पार्टीका केन्द्रीय सदस्य रावलले भन्नुभयो । 
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article