27 C
Kirtipur
Wednesday, July 9, 2025

चैत्र ११ गते तीन वटा नगरपालिकाका उपप्रमुखलाई सम्मान गरिने

Must read


११३ औं नारि दिवसको उपलक्ष्यमा आउदो चैत्र ११ गते शनिवारका दिन कीर्तिपुरमा काठमाण्डौ निर्वाचन क्षेत्र नं. १० भित्रका तीन वटा नगरपालिकाका उपप्रमुखहरुलाई सम्मान गरिने भएको छ । सवि विग मार्टले आज मंगलवार आयोजना गरेको कार्यक्रममा सो जानकारी गराएको हो । समाजका लागि निरन्तर संघर्ष गर्दै उप प्रमुख जस्तो महत्वपूर्ण पदमा पुग्नु भएका कीर्तिपुर नगरपालिकाका उपप्रमखु शुभलक्ष्मी शाक्य सुनिता, चन्द्रागिरी नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठ र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती डंगोल तामाङलाई सम्मान गर्ने कार्यक्रम राखेको विग मार्टका अध्यक्ष सविता महर्जनले बताउनु भएको छ । पत्रकार भेटघाट कार्यक्रममा चैत्र ११ गतेदेखि कीर्तिपुर नगरपालिका वडा नं. ९ सवि विग मार्ट क्षेत्रमा स्थानीय उत्पादन, कृषिका समाग्र समेत प्रदर्शनीमा राख्ने समेत जानारी गराएको छ । त्यसैगरि मां अन्नपूर्ण रेष्टुरेन्ट, कीर्तिपुर होजेरी उद्योगवाट उन्पादन विक्रि शुरु गर्ने, व्यवस्थित रुपमा सवि विग मार्ट संचालन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । सो क्षेत्रमा प्रत्येकदिन कृषि र स्थानीय उत्पादनको विक्रिस्थल संचालन गर्ने र चैत्र ११ गते नै सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । ताल तन्त्रको विशेष प्रस्तूति रहने र प्रत्येक शनिवार सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । कृषि तथा स्थानीय उत्पमादन विक्रि स्थलको रुपमा हालका लागि १५ वटा बनाएकोमा भिन्न क्षमता भएकाहरु सहित गरि आठ वटा बुकिंङ भइसकेको पनि अध्यक्ष महर्जनले बताउनु भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article