22 C
Kirtipur
Monday, July 7, 2025

कीर्तिपुर ६ वडामा महिला समूहद्वारा ‘क्वयना : नेवाः नसा’ रेष्टुरेन्ट संचालन

Must read


–ललेन्द्र शाक्य
कीर्तिपुर/कीर्तिपुर नगरपालिका ६ वडा चोभार–गणेशस्थान क्वयना परिसरमा विल्कुलै नयाँ रेष्टुरेन्ट ‘क्वयना : नेवाः नसा’ टिपिकल नेवाः रेष्टुरेन्ट संचालनमा आएको छ ।
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको प्रमुख आतिथ्यमा र उहाँकै हातबाट यही माघ १४ गते शनिबार उद्घाटन भएको उक्त रेष्टुरेन्ट चोभार–क्वयना क्षेत्रका १०१ जना महिलाहरुको समूहले संचालनमा ल्याएको हो ।
कुक, वेटर, क्यासियरमा केवल महिलाहरुले नै सेवा प्रदान गर्ने हेतुले संचालित उक्त रेष्टुरेन्टमा हालको लागि स्थानीय अनुभवी पुरुषहरुले सहयोग गरिरहेका छन् भने महिलाहरुलाई सम्बन्धित विषयमा तालिम पनि दिइरहेका छन् ।
चम्पा महर्जनको अध्यक्षतामा केवल १०१ जना महिलाहरुको मात्र शेयर लगानीमा संचालित ‘क्वयना : नेवाः नसा’ रेष्टुरेन्ट कम्पनीको रुपमा दर्ता गरी संचालनमा ल्याएको जानकारी उक्त रेष्टुरेन्टका सहयोगी एवं त्यहाँका स्थानीय युवा उज्ज्वल महर्जनले दिनुभएको छ ।
चोभार–क्वयना क्षेत्रका महिलाहरुलाई रोजगारीमा एक कदम अगाडि बढाउनको निम्ति संचालित उक्त रेष्टुरेन्ट बाहिरबाट हेर्दा एक तल्ले भवन मात्र देखिने भए पनि भित्र सुकुल चकटीमा बस्नेदेखि मेच, टेबुल, सोफामा आनन्दित वातावरणमा बस्ने थुप्रै कोठाहरु रहेका छन् ।
शान्त एवं स्वच्छ वातावरणमा पारिवारिक जमघटदेखि विभिन्न सेमिनार, गोष्ठी, साधारणसभा इत्यादी समेत गर्न मिल्ने ठाउँ समेत रहेको उक्त ‘क्वयना : नेवाः नसा’ रेष्टुरेन्टको प्रमुख उद्देश्य भनैकै नेवार समुदायको विभिन्न खाद्य एवं पेयपदार्थको पहिचानसहित ग्राहकवर्गलाई सेवा दिनु रहेको उक्त रेष्टुरेन्ट संचालकबाट जानकारी दिइएको छ ।
रेष्टुरेन्टको मेनु पनि अन्य रेष्टुरेन्टमा भन्दा सस्तो मूल्य रहेको उक्त ‘क्वयना : नेवाः नसा’ छिर्ने बित्तिकै त्यहाँ कार्यरत वेटर, वेट्रेस एवं कर्मचारीहरुको मिठो मुस्कान एवं गुणस्तरीय सेवा पाउनु हुनेछ ग्राहकवर्गले ।
माघ १४ गते शनिवार भएको उक्त ‘क्वयना : नेवाः नसा’ रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य सुनितादेखि कीर्तिपुर नगरपालिका ६ वडाका वडाध्यक्ष पृथ्वीमानदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरु, वडा सदस्यहरु एवं सर्वसाधारणको उपस्थिति रहेको थियो ।
स्मरणीय रहोस्, चोभारको जलविनायक गणेशलाई परापूर्वकालदेखि ‘क्वयना गणेश’को रुपमा नामाकरण गरिदै आइरहेको र उक्त जलविनायक गणेश अर्थात् क्वयना गणेशको नाममा उक्त रेष्टुरेन्टको नाम ‘क्वयना : नेवाः नसा’ नामांकन गरिएको जानकारी पनि रेष्टुरेन्ट संचालकले दिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article