22 C
Kirtipur
Monday, July 7, 2025

एमबाप्पे चम्किएपछि फ्रान्स नकआउट चरणमा

Must read

काठमाडौं। केलियन एमबाप्पे चम्किएपछि फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

समूह डी’ अन्तर्गत दोहा स्थित स्डेडियम ९७४ मा शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले हरायो । फ्रान्सको जितमा दुवै गोल एमबाप्पेले गर्नुभयो । डेनमार्कका आन्द्रेस क्रिस्टेन्सन एक गोल फर्काउनुभयो । 

जितसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । साविक विजेता फ्रान्स कतार विश्वकपको अघिल्लो चरणमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । एमबाप्पेले ६१औं मिनेटमा एमबाप्पेले थिओ हर्नान्डेजको पासमा गोलको खाता खोल्नुभयो ।

६८औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले हेड गोल गर्दै खेललाई बरबरीमा ल्याउनुभएको थियो । त्यसपछि ८६औं मिनेटमा एमबाप्पेले एन्टोइन ग्रिजम्यानको पासमा गोल गर्दै फ्रान्सलाई जिताउनुभयो ।

दोस्रो जितसँगै ६ अंक बनाएको फ्रान्स समूहको शीर्षस्थानमा छ ।  दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको तीन तथा डेनमार्क र ट्युनिसियाको एक एक अंक छ ।

शनिबार नै भएको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले हराएको थियो । यस समूहमा अब फ्रान्सले ट्युनिसिया र डेनमार्कले अष्ट्रेलियासँग खेल्नेछ । एजेन्सी 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article