22 C
Kirtipur
Monday, July 7, 2025

तिम्रो मेरो साथको टिजर रिलिज

Must read

 काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको सिनेमा तिम्रो मेरो साथको टिजर रिलिज भएको छ।

आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ। सिनेमाको सार्वजनिक १ मिनेट ३० लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ।  रमेश एमके पौडेल निर्देशित सिनेमामा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ।

यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु सिनेमा हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ।  सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन्। आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन्। सिनेमाको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article