22 C
Kirtipur
Monday, July 7, 2025

रियलमीकाे सस्तो स्मार्टफोन सार्वजनिक

Must read

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अक्टाकोर प्रोसेसर र युनिसकको टिगर टी६१२ चिपसेट भएकाे नार्जो ५०आई (narzo 50i) सार्वजनिक गरेको हाे ।

अन्तर्राष्ट्रिय बजारमा पाँच महिनाअघि नै सार्वजनिक भएको यस फोन नेपालमा भने भर्खर मात्रै आएको हो । डुअल सिम फिचर भएको फोनमा ६.५ इन्चको डिस्प्ले छ । फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

डार्क ब्लु र मिन्ट ग्रीन कलरमा उपलब्ध यो फोनमा १० वाटको चार्जर सहितको ५,००० एमएएच ब्याट्री छ । कम्पनीले ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भेरियन्टको मूल्य १४ हजार ४९९ रुपैयाँ तोकेको छ भने ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १५,९९९ रुपैयाँ तोकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article