– प्रकाश कुमार साह ( कट्टारी) हाल कीर्तिपुर
सनातन धर्मको बिशेषता अन्तर्गत छठ पर्वको अभ्यास, धर्मको मुख्य पक्षः बराबरी, एकता , सौहार्दता र सबै देव– देवीहरूको संग्रहित रूपमा गरिने प्रार्थना हो । यस पर्वको शुरूवात पौराणिक रूपमा वैदिक कालदेखि उल्लेख गरिए तापनि हिन्दुहरूको माझ त्रेताकालीन राम– सीताको प्रार्थनाबाट शिव- सुर्यलाई गरिएकोबाट प्रचलनमा आम मानिसहरू बीच शुरूको भएको देखिन्छ ।
ऋग्वेदमा वर्णन गरिए अनुसार उषाको मुख्य पुजा गरिन्छ । उषा, सुर्य देवको धार्मिक रूपमा पत्नी देखाए पनि शाब्दिक रूपमा दिनको अन्तिम किरणलाइ प्रत्युषा र शुरूको किरणलाई उषा मानिन्छ । उषाको सामने जीवनको पहिलो वचन, हिडाइ, आपसी समझ, बुद्धि – विवेकलाई भए सम्म मानिसलाई स्वच्छ , सफा, मन, वचन र कर्मलाई एकत्रित गर्न खोज्छ ।
यश पर्वमा प्रयोग गरिएका सामग्री सामाजिक – सांसकृतिक वातावरणले शारीरिक , मानसिक , अध्यात्मिक पक्षलाई बलियो बनाउछ ।आधुनिक समयमा आफ्नो सर्वोच्चताको लागि लैंगिक , जातीय , मझ्बीय रूपले देखाउन खोजे तापनि छठ मात्र एउटा पर्व देखिन्छ जहाँ महिला – पुरूष, विवाहित – अविवाहित, हिन्दु – मुस्लिम कुनै प्रकारको भेदभाव नगरी सम्पूर्णको श्रद्धा , तरिका र प्रक्रिया एक किसिमको हुन्छ ।
यो पर्वमा समय, ऋतु पक्षलाई विश्लेषण गर्दा जीवनको लागि चाहिएको एन्टिअक्सिडेन्ट, फाइटोकेमिकल, फ्रि रेडिकल युजर्स, भिटामिनहरू प्रशस्त मात्रामा जीवलाई चाहिने तत्वहरू प्राप्त हुन्छन् । छठ पर्वको गहन रूपमा अध्धयन गर्दा आध्यात्मिक भाव उतपन्न-देखा पर्नुको साथै महिलाकै हर्मोन सन्तुलन हुने गर्दछ भने पुरूषको मानसिक पक्ष पुर्ण रूपले सकरात्मक भाव पैदा गर्छ ।
यो पर्व तीन दिन मुख्य रूपमै मनाए तापनि पाँच दिनको समयलाई हेर्दा सबैभन्दा शुरूको दिन जसलाई झनहाए खाएञभनिन्छ । यश दिनमा लौका, वा कांचो केराको तरकारी प्रयोग गरिन्छ ।यसको प्रयोग गर्नुको मुख्य कारण के हो भने एन्टिब्याक्टेरियल तरकारी हो भने लौका एन्टिअक्सिडेन्टको रूपमा ल्याउनुपर्ने हुन्छ ।यसर्थ शरीरको अनिवार्य तत्वहरूबाट शुरू गरिन्छ जसबाट शरीरको संरचनात्मक,कार्यात्मक शैली हुदै तयार हुन्छ भने दोस्रो दिनलाई खरना भनिन्छ त्यो दिन पर्व गर्ने देखि परिवारका सदस्यहरूलाई एक छाक÷ साझपख रोटी जुन फाइबरको काम गर्छ त्यो संगै दुधबाट खीर तयार पारिन्छ । दुधबाट आवश्यक भिटामिनहरू प्राप्त भई केराको पातमाथि खाने-पद्धति पुर्णतः वैज्ञानिक र स्वस्थकर मानिन्छ ।
कुनै प्रकारको ब्याक्टेरिया र भाईरलबाट हुने- सर्ने रोग हुदैन ।
तेस्रो दिन ब्रतको केन्द्र बिन्दु सुर्यको प्रार्थना उनको पत्नी संध्यालाई कुनै ताल, तलैया, खोला, पोखरी वा नदिमा आफुसंग रहेको कागती –साइट्रिक फल, नरिवल – पोलिफेरेनल, उखु– ग्लुकोज, ठेकुवा– गहुँको पिठो (फाइबर )अनिवार्य रूपमा राखि मौसमि फलहरू ,तरकारी माटा÷ बास÷ रेसाबाट तयार पारिएको भाडामा राखि प्रत्युषलाई याद, जप र ध्यान गरिन्छ जुन मस्तिष्कलाई सामान्य अवस्थामा राखि राख्छ भने ज्ञानेन्द्रियहरू सकरात्मक भावमा काम गर्ने कोसिस गर्छ ।खाली खुट्टाले अनेकौं नसाहरू शरीरको गतिशील बन्छन् भने मानव शरीरको सन्तुलन , गतिशीलता वैदिक कालदेखि शुरू भएता पनि मानिसको अनावश्यक सोच, देखावा र तडकभडक संगै धर्मलाई राजनीतिकरण गर्दै क्षेत्रीय , प्रादेशिक रूपमा सीमित राख्नु गलत र मानवजातीको लागि विनाशको संकेत गर्छ जसबाट धर्मको अर्थ, परिभाषा र पुगेको बुझिन्छ जुन हटाएर मानवहितको लागि आधुनिक समयमा विस्तार र धर्मको व्याख्यालाई कुरूप अर्थमा नभइ आलोचनात्मक विश्लेषणबाट सम्पूर्णको लागि हितकर ब्याख्या अपरिहार्य छ ।
छठको विकास, अभ्यास र स्वास्थ्य
