बैशाख ८ गते
सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा निर्णायक आन्दोलन गरिरहेको र आन्दोलन चर्कदै गएको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन्। बैशाख ८ गते सोमवार शिक्षामन्त्रीले राजीनामा दिएको विषय मूल रुपमा शिक्षक आन्दोलनसंग सम्वन्धित रहेको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न भेटेर मन्त्री भट्टराईले राजीनामा बुझाएकी हुन्। सोमवार साँझ मन्त्रिपरिषद्को बस्दै थियो, बैठक बस्नु अघि नै प्रधानमन्त्री ओलीलाई भेटेर उहाँले राजीनामा दिएका हुन् ।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको बताएतापनि बास्तवमा शिक्षकहरुको आन्दोलनले उठाएका मागलाई सम्वोधन गर्न नसकेकका कारणले नै दिएको अनुमान गर्न थालृको छ ।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित निर्णायक आन्दोलनमा शिक्षकहरु रहेका छन्। वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा पनि आउँदैछ। शिक्षकहरूको आन्दोलन निष्कर्षमा नपुग्दै शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएकी छन्।
विद्या भट्टराई गत ३१ असारमा मात्रै शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । कास्की क्षेत्र नम्बर(२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् । उनका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईले उपप्राध्यापकबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् । २०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद् छिरेकी थिइन् । त्यसपछि २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएकी थिइन् ।
शिक्षकहरुको आन्दोलन चर्कदै गएको अवस्थामा शिक्षा मन्त्रीले दिइन राजीनामा
