22 C
Kirtipur
Monday, July 7, 2025

जर्मनी जापानसित हार्न बाध्य

Must read

काठमाडाैं । चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराब सुरुवात गरेकाे छ। बुधबार बेलुकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्ध भएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो।

जापानले पुर्नरामन जित निकालेको हो। जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। 

जापानले ४ पटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै कतार विश्वकपमा सानदार सुरुवात गरेको छ। २०१८ को विश्वकपमा जापान अन्तिम १६ सम्म पुग्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

जापानको जितमा रिस्तु डोङ र ताकुमा एसोनाले गोल गरे। जर्मनीका लागि इल्के गुएन्डोगनले एक गोल गरे। खेलको ३३ औँ मिनेटमा गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेर जान दिएनन्।

खेलको ७५ औँ मिनेटमा परिवर्तित खेलाडी रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। किपरले पन्च गर्दै बचाएको रिबाउण्ड बललाई उनले पोष्टको जाली चुमाए। 

डोङ ७१ औँ मिनेटमा एओ तनाकाको स्थानमा मैदान छिरेका थिए। खेलको ८३ औँ मिनेटमा ताकुमाले गोल गर्दै २–१ को अवस्थामा ल्याए। त्यसअघि खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए। खेलको १४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन। 

१७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।

खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए। गएको विश्वकपमा जर्मन समूह चरणबाटै बाहिरिएको थियो। जापान भने अन्तिम १६ सम्म पुगेको थियो। २०१४ मा जर्मनीले विश्वकप जित्दा जापान भने समूह चरणबाटै बाहिरिएको थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article