मंसिर १६ को उपनिर्वाचनमा कीर्तिपुर मेयर (नगर प्रमुख), वडा नं १ र वडा नं ४ का लागि नेकपा (माओवादी केन्द्र)ले पनि उम्मेदवार तोकेको छ । सोमवार प्राप्त ताजा जानकारीअनुसार माओवादी केन्द्र, कीर्तिपुरले पुनः एकपटक प्राध्यापक डा. शिवशरण महर्जनलाईनै उपनिवार्चनमा अघि सार्ने निर्णय गरेको बताएको छ । नेकपा (एमाले)ले डा. सुरेन्द्र मानन्धरलाई सिफारिस गरेपछि त्यसको सूक्ष्म विश्लेषण गर्दै माओवादी केन्द्र महर्जनलाईनै उठाउने रणनीतिक निर्णयमा पुगेको बतायो । यसअघि दावेदारकारुपमा अन्य धेरैको नाम चर्चामा आएकोमा डा. शिवशरणको नाम थिएन । कीर्तिपुर १० वडा निवासी महर्जन त्रिविबाट सेवानिवृत्त सामाजिकरूपमा सक्रिय व्यक्तित्व हुन् । माओवादी केन्द्रवाट वडा नं १ काे वडा अध्यक्षका लागि अष्टमान महर्जन र वडा नं. ४ का वडा अध्यक्षका लागि नारायण विष्ट उम्मेदवारी बन्ने भएकाे छ ।

