22 C
Kirtipur
Monday, July 7, 2025

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

Must read

काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर छ । गीतमा  शब्द नारायण नेपालको छ भने शशीविक्रम थापाको सङ्गीत छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  छ । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत सार्वजनिक भएको हो । 

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याै’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article