शिक्षा प्रेमी, समाजसेवी रविन्द्र महर्जनको बुबा ज्ञानलाल महर्जन र आमा सानुमाया महर्जनको जंक्व अर्थात भिमरथारोहण तथा उहॉको भाई सुरेन्द्र महर्जन तथा बुहारी सीता महर्जनकी छोरी प्रशंसा महर्जनको भिंबाह्राको अवसरमा आयोजित भोजमा प्रचलित नेपाल लिपि तथा रञ्जना लिपिको वर्णमाला प्रकाशनका लागि लिपि थपू गुथिलाई एक लाख रुपैंया सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।
शनिवार भएको उक्त कार्यक्रममा लिपि थपू गुथिका अध्यक्ष धर्मकृष्ण सिकःमिलाई रविन्द्र महर्जनले उक्त चेक हस्तान्तरण गर्नु भएको थियो । लिपि थपू गुथिलाई रन्जना लिपि, प्रचलित लिपि र भुजिमोल लिपिको बर्णमाला पुस्तक १००० प्रति प्रकाशन गर्नका लागि नेपाली काङ्रेसका केन्द्रीय सदस्य मा. मदन बहादुर अमात्य, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी ,बागमती प्रदेश सभा सदस्य मा. राम कृष्ण चित्रकार, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिका ललितपूर कि उपप्रमुख लक्ष्मी महर्जन लगायत विभिन्न महानुभावहरु, नातेदारहरु एवं पत्रकारहरुको उपस्थितिमा गुथिका अध्यक्ष धर्म कृष्ण सिकर्मिलाइ चेक हस्तान्तरण गरेको थियो ।
जंक्वः भोजको अवसरमा लिपि गुथिलाई १ लाखको चेक हस्तान्तर
