नेपाल भाषाकाे निकै लाेकप्रिय गित जित यःम्ह म्युजिक भिडियाे सार्वजनिक भएकाे २ महिना पश्चात् मगन इन्टरटेन्मेन्टले युट्युब आम्दानीकाे पहिलाे ४० दिनकाे ६०% राेयल्टि (सम्पूर्ण कर कट्टा गरि) रू ६६५७ नंगा दाफा खलः लाई हस्तान्तरण गरेकाे छ ।
दाफा खलःकाे चाेभार जलबिनायकमा क्वय्ना पुजाकाे अबसरमा आयाेजित कार्यक्रममा मगनका अध्यक्ष तथा निर्देशक रजिन महर्जनले नगां दाफा खलःका लागि जित यम्हः म्युजिक भिडियाे निर्माणका संयाेजक उमेश महर्जनलाई चेक हस्तान्तरण गरेकाे हाे । दाफा खलःले म्युजिक भिडियाे निर्माण र प्रशारण गर्ने सम्पूर्ण जिम्मेवारी मगन इन्टरटेन्मन्टलाई दिने सम्झाैता अनुसार साे राेयल्टि प्रदान गरेकाे हाे । निर्देशक रजिनले भिडियाे सार्वजनिक भएकाे ३ बर्षसम्म दाफा खलःलाई नियम र नीति बमाेजिम राेयल्टी हस्तान्तरण गर्ने जनाएकाेछ ।
आयाेजित कार्यक्रममा नगां दाफा खलःले राजेन्द्र महर्जनकाे शब्द, सन्ताेष महर्जनकाे संगित संयाेजन र गायक मथुरा महर्जन तथा दिपा महर्जनकाे गायन रहेकाे जित यःम्ह म्युजिक भिडियाेका कलाकार, लगायत मगन टिमलाई खादा तथा प्रमाण पत्र सहित सम्मान गरेकाे हाे । कार्यक्रममा बाेल्दै निर्देशक रजिन महर्जनले याे गितकाे लाेकप्रियता संगै सम्पूर्ण नेवाः समुदायमाझ नगां र नंगा बासिन्दाहरू लाेकप्रिय बनेकाे र दाफा खलःकाे यस कामलाई एकताकाे उदाहरणकाे रूपमा लिएकाे उदृत गरेका छन् । सिङ्गाे नगाउँ बस्तीलाई नै सेट झै सिंगारी निर्माण भएकाे जित यःम्ह म्युजिक भिडियाे निकै लाेकप्रिय बनेकाे छ, हाल सम्म युट्युबमा याे गित ३ लाख ९२ हजार भन्दा बढि पटक हेरिसकेकाे छ भने ३ हजार भन्दा बढि टिकटक भिडियाे बनिसकेकाछन् ।
नगां दाफा खलःलाई राेयल्टि
