भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले अहिलेको अवस्थामा नेपाली भाषीहरुले पनि अन्य मातृभाषीलाई मित्रवत व्यवहार गर्नुपर्ने र अन्य भाषाको पहिचानका लागि कुराकानी गर्नुपर्ने बताउनु भएको छ । उहाँले नेपाली भाषा बाँचे मात्र अन्य मातृभाषा बाच्न सहज हुने भनी हिजो बुधवार बोलेको भनी आएको समाचारको खण्डन गर्दै आज विहिवारका भाषा आयोग सबै भाषाका लागि लागिपरेको समेत बताएका छन् । संचार माध्याममा आएको समाचारप्रति ध्यानाकर्षण भएको बताउदै उहाँले भन्नु भयो ‘भाषा आयोग नेपालका सबै भाषाको उत्थान गर्ने जिम्मेवारी लिएको हो । कुनै पनि सदस्य कुनै पनि भाषालाई अपहेलना गर्नु मिल्दैन । आफूलाई सबै भन्दा सवल र अवल थान्ने नेपाली भाषा पनि सुरक्षित छैन । नेपाली भाषीहरुले पनि अन्य भाषाभाषीहरुलाई प्रतिस्प्रधिको रुपमा लिनु भन्दा पनि मित्रवत व्यवहार गर्नु पर्दछ र अन्य भाषाको पहिचानको लागि पनि नेपाली भाषीहरुले कुराकानी गर्नु पर्दछ । बुझ्नमा कहि कतै कमजोरी भएको छ भने अथवा बुझाउने क्रममा मैले यहि कुरालाई बुझाउने गरि नबोलेको छ भने स्पष्ट पारें ।’ वर्दघाटमा बुधवारदेखि शुरु भएको दुईदिने भाषिक कार्यक्रमको अन्तिम दिन आज विहिवार अन्तिम दिनमा भाषा आयोगका अध्यक्ष ठाकुरले सार्वजनिक रुपमा नै आफ्नो भनाई स्पष्ट पार्नु भएको हो ।
नेपाली भाषीहरुले अन्य मातृभाषालाई मित्रवत व्यवहार गर्नुपर्छः भाषा आयोगका अध्यक्ष ठाकुर
