26 C
Kirtipur
Thursday, July 3, 2025

अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन : प्रधानमन्त्री प्रचण्ड

Must read

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय तत्काल नदिने अडानमा कायमै छन्।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले जनाएकाे छ ।

‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनु हुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ। दोस्रो राहदानीबारे पनि टुंगिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रवि लामिछानेजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’

प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले गृह मन्त्रालयबारे बाहिर आएजस्तै धारणा प्रधानमन्त्रीको रहेको बताए।

बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो। त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन उसले माग गरेको थियो। गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने उसको निर्णय छ।

रास्वपाले निर्णय गरेको भोलिपल्ट संयन्त्रको बैठक बस्न सकेकाे थिएन । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच फोनमा संवाद भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार साँझ मात्रै काठमाडौं फर्किएका थिए भने प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोक गएका थिए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article