काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।
साथै यस विश्वकपको पनि यो फराकिलो जित हो ।
अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनलाई फराकिलो जित दिलाउने क्रममा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । फेरान टोरेसले दुई गोल गरेको खेलमा ६ फरक खेलाडीले गोल गरे । फेरानले ३१औं र ५४औं मिनेटमा गोल गरे । डानी ओल्मोले ११औं र मार्को असेन्सिओले २१औं मिनेटमा गोल गरेका थिए ।