15 C
Kirtipur
Tuesday, November 29, 2022
- Advertisement -spot_img

आवरण मात्रै सुन्दरता होइन

Must read

सुन्दरता भनेको गोरो छाला हुनु मात्र होइन । सुन्दरता त्योभन्दा धेरै माथि छ । सुन्दरताको परिभाषा आवरण हो भन्ने भाष्य निर्माण हुनु नै गलत भयो । सुन्दरता बौद्धिकतामा छ, सुन्दरताभित्र नेतृत्व हुन्छ, सौन्दर्यले समाजसेवा गर्न सहयोग गर्छ । सुन्दरता सबै कुराको मिश्रण हो । यसभित्र धेरै कुरा समेटिन्छन् ।

जसरी मानिसले ब्युटी पेजेन्टहरूको अर्थ सुन्दर युवतीबीचको प्रतिस्पर्धा भनेर बुझेका छन्, त्यो गलत छ । महिला सशक्तीकरणका लागि नयाँ काम गरौँ भनेर हामीले मिस युनिभर्स नेपाल सुरु गरेका हौँ । यसमा एउटै भूगोल, जातजाति वा वर्ग–समुदायभन्दा पनि विविध भाषाभाषी र समुदायका युवतीहरूलाई समावेश गर्ने गरेका छौँ ।

त्यसैले यो प्रतिस्पर्धा भइरहँदा एकै मञ्चमा नेपालको भौगोलिक विविधता पनि झल्कन्छ । प्रतिस्पर्धामा महिलाको बौद्धिकता तथा चेतनास्तरलाई प्राथमिकताका साथ हेर्ने गरेका छौँ ।

मिस युनिभर्सलगायतका ब्युटी पेजेन्टले युवतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने अवसरसमेत दिएका छन् । राज्यले महिला सशक्तीकरणका लागि गरेका प्रयास प्रभावकारी बन्न नसकिरहेको अवस्थामा यस्ता अवसरले महिलामा आत्मविश्वास बढाउने काम गरेको छ । नयाँ पत्रिकाबाट

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest article