20 C
Kirtipur
Saturday, May 24, 2025

भाषा ऐ्न कार्यान्वयनका लागि खबरदारी गर्दै दिवस मनायो

Must read

बैशाख २४ गते
बैशाख २४ गत बुधवारको दिनमा नेवाः–तामाङ भाषा दिवस बागमती प्रदेश सरकार र संसदया खबरदारी गर्दै काठमाण्डौमा मनाएको छ । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिको आयोजना र नेपाल तामाङ घेदुङ बागमती प्रदेशसंग सहकार्य गर्दै यस बर्ष भाषा दिवस खरबदारी गर्दै मनाएको हो । काठमाण्डौको शान्तिवाटिकामा भेला भइै प्लेकार्ड समेत प्रदर्शन गरेको थियो । भाषा ऐन पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, भाषा ऐनमा ब्यवस्था भए अनुसार विज्ञ समुह गठन गर्नुपर्ने, प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्ने लागायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेको थियो । प्रदर्शन पछि सांस्कृतिक बाजागाजा सहित ¥याली गर्दै बसन्तपुरमा पुगेको थियो । बसन्तपुरमा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिया बरिष्ठ न्वकू गणेशमान श्रेष्ठं संचालन गर्नु भएको कोणसभामा स्वागत मन्तब्य राख्दै नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा ऐनमा व्यवस्था भए अनुसार विज्ञ समुह र प्रज्ञा प्रतिष्ठान गठन नगरेसम्म पूर्ण रुपमा ऐन कार्यान्वयन नहुने भएकाले ती कार्यहरु एक बर्षदेखि हुन नसकिरहेको कुरा उल्लेख गर्दै विज्ञ समुह र प्रतिष्ठान तत्काल गठन गर्नका लागि प्रदेश सरकार र प्रदेश सांसदहरुलाई खबरदारी गर्नु भयो ।
पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानले कामकाजि भाषाको रुपमा घोषणा मात्र गरेर नपुग्ने बताउदै कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्ने बताउनु भयो । बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री पुकार महर्जनले भाषा ऐन कार्यान्वयनका लागि ऐनमा ब्यवस्था भए अनुसार विज्ञ समुह गठन गर्नका लागि आफूले पहल गर्ने बताउनु भयो । सांसद एवं प्रदेशका पूर्व मन्त्री शैलेन्द्रमान बज्राचार्यले भाषा ऐन कार्यान्वयन र अधिकारका लागि सबै एकजुट हुदै अघि बढ्नुपर्ने बताउनु भयो । नेवाः देय् दबूका संरक्षक नरेश कुमार ताम्राकारले भाषा ऐनलाई कार्यान्वयनका लागि सबै जना लाग्नुपर्ने बताउनु भयो । त्यसै गरि नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापित, नेपाल तामाङ घेदुङया उपमहासचिव सरोजमोहन मोक्तान र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष नविन थेच्वमिले भाषा ऐनमा ब्यवस्था भए अनुसारका काम अघि बढाउनु पर्ने बताउदै ऐन कार्यान्वयनका लागि सबै जना लाग्नुपर्ने र बताउनु भयो ।
बागमती प्रदेश संसदले नेवाः आदिवासीहरुको नेपालभाषा र तामाङ आदिवासीहरुको तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्नका लागि विधयेक संसदवाट सर्वसम्मत रुपमा परित गरि उक्त ऐन लागू भएको घोषणा गरेको दिन बैशाख २४ गते हो भने उक्त दिनलाई नै नेवाः–तामाङ भाषा दिवसको रुपमा मनाएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article