20 C
Kirtipur
Saturday, May 24, 2025

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

Must read

बैशाख ८ गते
नेकपा (माओवादी केन्द्र)को जातीय मोर्चा नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय अध्यक्षमा उमेश स्थापित निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न तेस्रो सम्मेलनले स्थापितलाई अध्यक्षमा निर्वाचित गरेको छ ।आइतबार काठमाण्डौमा सम्पन्न सम्मेलनले उमेश स्थापितको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । उमेश स्थापितलाई अध्यक्षमा र अरु सबैलाई सदस्यको रुपमा चयन गरेको थियो । अव बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने अध्यक्ष स्थापितले कीर्ति अनलाईनलाई बताएका छन् ।
माओवादी पार्टी अहिलेको अवस्थामा समाजिक समाजवाटका लागि जाने अवस्थामा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले पनि नेपाली विशेषतामा आधारिक सामाजिक समाजवादको दर्शनलाई अघि सार्दै नेवाः लगायत उत्पीडित समुदायको मुक्तिका लागि लाग्ने नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष स्थापिनले बताउनु भएको छ । नेवाः मोर्चाको अधिवेशनको उद्घाटन समारोह शनिवार बसन्तपुरमा भएको थियो भने उक्त सभामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवाः समुदायको सांस्कृतिक क्षेत्रमा समाजवादीको अवशेष बाँकी रहेको बताउदै समुदायको समाजवादलाई बुझ्दै पार्टी अघि बढ्ने र नेवाः मोर्चाका नेतृत्वलाई अघि बढ्न निर्देशन दिनु भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article