बैशाख ८ गते
कीर्तिपुर नगरको जीवन्त अमुर्त संस्कृतिको रुपमा रहेको बाघभैरव नाच अर्थात गथु प्याखं । प्रत्येक १२ बर्षमा प्रदर्शन गर्ने उक्त नाचको अन्तिम दिनमा सबै देवी देवताका मुकुण्डो कीर्तिपुरको दिप अर्थात मशानमा जलाउनु पर्ने चलन छ । उक्त मुकुण्डो जलाउनका लागि बेग्लै किसिमको दिप रहेको थियो तर विगतमा सडक बनाउने क्रममा त्यो दिप रहेको स्थानमा माटो राख्ने र माटो निकाल्ने गरेपछि हाल दिप नभएको मात्र हैन त्यो स्थानमा सवारी सानधन लाने बाटो जस्तै भइसकेको अवस्था छ । कीर्तिपुरको बाघभैरव नाचसंग सम्वन्धित उक्त दिप अर्थात मसानलाई पुनः निर्माण गर्नका लागि दुई बर्ष अघिदेखि नेवाः देय् दबू कीर्तिपुर नगर समितिले चासो लिदै बाघभैरव माली गुथि, देय् गुथिसंग संगै छलफल गर्दै स्थलगत अवलोकन समेत गरेको र कीतिृपुर नगरपालिका वडा नं. ३ मा ध्यानाकर्षण पत्र समेत दिएको थियो ।
पछिल्लो समयमा बाघभैरव नाचको मुकुण्डो जलाउने मसान पुनः निर्माण नगरिकन नयाँ निर्माण गर्न पुरानो मासन रहेको भन्दा फरक स्थानमा चिन्ह समेत लगाएपछि नेवाः देय् दबू कीर्तिपुर नगर वडा नं. ३ समितिले विशेष पहल सुरु गरेको छ । सो क्रममा कीर्तिपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउनेदेखि सम्वन्धित सबैसंग छलफल कार्यक्रम समेत गरेको देखिन्छ । गत शनिवार मात्र सरोकारवालाईहरुलाई औपचारिक रुपमा नै पत्र पठाई बाघभैरव नाचको मुकुण्डो जलाउने दिप पुनः निर्माणको बारेमा छलफल आयोजना गरेको थियो । सो छलफलमा सहभागीहरुले कीर्तिपुरको वस्ती विस्तार संगसंगै विकास भएको सभ्यताको प्रतिकको रुपमा रहेको बाघभैरव नाचसंग सम्वन्धित उक्त मसान सम्पदा भएको र सम्पदालाई कुनै पनि बहानामा पुनः निर्माण नगर्ने भनेको सम्पदामाथि नै प्रहार हुने भएकोले पुनः निर्माका लागि पहलह गर्नुपर्ने कुरा सहभागीहरुले राखेका थिए । उक्त विषमा अझ ब्यापक रुपमा कीर्तिपुरका विभिन्न प्रथाजनक संस्था गुथिदेखि संघ संस्था र वडा कार्यालयका प्रतिनिधि समेत सहभागी गराई छलफल गर्नुपर्ने र सबै कीर्तिपुरवासीहरु एकजुट भई पुनः निर्माणका लागि पहल गर्न आवश्यक भूमिका नेवाः देय् दबू कीर्तिपुर नगर वडा नं. ३ समितिले खेल्नुपर्ने सुझाव आएको थियो । उक्त सुझावबै आधारमा अव अझ बृहत छलफल गर्ने भएको छ ।
बाघभैरव नाचको मुकुण्डो जलाउने दिप पुनः निर्माणका लागि पहल
