20 C
Kirtipur
Saturday, May 24, 2025

अजयमार्गको बारे छानविन गर्न वडाबाट नगरपालिकामा पत्र

Must read

कीर्तिपुर नगरपालिका अहिले अत्यन्तै चर्चाको विषय बनेको अजयमार्ग हो । कीर्तिपुर नगरपालिका वडा नं. ५ र ६ को सीमानावाट सुवाती हुने अजयमार्गमा नै डोजर लगाई अनियमित तरिकाले काम भएको भन्दै छानविनका लागि कीर्तिपुर नगरपालिका वडा नं. ६ कार्यालयवाट कीर्तिपुर नगरपालिकाका प्रमुखलाई पत्र लेखेको छ ।
छानविन सिफारिसको वियय उल्लेख गरि बैशाख २ गते कीर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष खीरमान सिंह बस्नेतले मेयरलाई लेख्नु भएको पत्रमा यस्तो उल्लेख छः ‘कीर्र्तिपुर नगरपालिका वडा नं. ६ र ५ को सीमानाबाट सुरुवाती हुने अजयमार्ग सविकमा उक्त बाटोवाट पाखाको बाटो हुदै गुठ चोभार गणेशस्थान सम्म आउने बाटो रहेको र हाल उक्त अजयमार्ग हिमाल सिमेन्ट ईश्वरीमार्गबाट स्तारोन्नती समेत हुँदै आएकोमा बाटोको सुरुवाती विन्दुतिर ५ नं. वडाका सिमानाबाट तलतिर पाखामा हाल उक्त बोटोमा डोजर लागाई अनियमित तरिकाले ठूलो खाल्डो, ढिस्को बन्ने गरि बाटो जोतेको देखिएकोले उक्त स्थानमा रहेको गोरेटा बाटो नै पत्ता लगाउन कठिन हुने गरि डोजर लागर््एको हुँदा उक्त स्थानमा डोजर लगाउन कुनै स्वीकती यस वडा कार्यालवाट नदिएकोले के कसरी कसले यस्तो कार्य गरि रहेको छ श्र कीनिपा कार्यालयवाट नगर प्रहरी तथा प्राविधि खटार्य सत्यतथ्य पत्ता लगाई नियम कानुननको दायरामा ल्याएर मात्र उक्त कार्य गर्ने गराउने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दौ साथै उक्त कार्य रोक्क गरि पाउँ भनि यस वडा कार्यालयमा मिति २०८२ बैशाख २ गते हारा महर्जन, श्रीराम महर्जन र गोविन्द महर्जन समेत भई निवेदन दिनु भएकोले उक्त कार्य हाल कसले गरेको हो जाँचबुझ गरि आवश्यक काम कारवाही अगाडी बढाई दिुनुहुन यसै सिफारिश पत्रका साथ अनुरोध गरिन्छ ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article