चैत्र ३१ गते
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले काठमाण्डौमा आउदो बैशाख ६ गते नेवाः शक्ति प्रदर्शन गर्ने भएको छ । राजावादीहरु र वर्तमान सरकारको समेत ध्यानाकार्षण हुने गरि नेवाः शक्ति प्रदर्शन गर्न लागेको हो । माओवादीको जातीय मोर्चा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलन गरि शक्ति प्रदर्शन गर्न लागेको हो । यसका लागि माओवादी पार्टी पूरा नै परिचालन हुने भएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको आउदो बैशाख ६ र ७ गते राजधानीमा तेस्रो अधिवेशन गर्ने र नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पार्टीका बरिष्ठ उपाध्यष एवं पुर्व गृहमन्त्री नारायणकाजि श्रेष्ठको समेत सहभागीता हुने भएको छ । ६ गतेको कार्यक्रमका लागि नेवाः मुक्ति मोर्चाले विभिन्न स्थानमा भेला र छलफल कार्यक्रमलाई तिब्रता बनाउको छ । उक्त कार्यक्रममा अहिले सम्म नेवाः समुदायको र आदिवासी जनजातिको भावना अनुसार माओवादी पार्टी सरकारमा गएको बेलामा केके गरेको छ ? अव नेवाः लगायत आदिवासी जनजाति उत्पीडित समुदायको मुक्तिको लागि कसरी अघि बढ्ने भन्ने बारे पनि नेतृत्वले स्पष्ट पार्ने नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेताहरुले बताएका छन् ।
बैशाख ६ गते माओवादीले नेवाः शक्ति प्रदर्शन गर्ने
