20 C
Kirtipur
Saturday, May 24, 2025

खोला मापदण्ड खारेजीको माग गर्दै फिब्व ख्यःमा प्रदर्शन

Must read


चैत्र २८ गते

खोला मापदण्ड खारेज गर्नुपर्ने माग गर्दै आज राजधानीको फिब्व ख्यः (माइतिघर मण्डला)मा प्रदर्शन गरेको छ । भूमि अधिकार संरक्षण समिति र धोविखोला करिडोर प्रभावित मूल समितिको संयुक्त आह्वानमा काठमाण्डौले सो प्रदर्शन आयोजना गरेको हो । उपत्यकाका विभिन्न स्थानबाट भेला भएकाहरुले खोला मापदण्ड खारेज गर्नुपर्ने माग गर्दै प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । ‘सम्पूर्ण खोला मापदण्ड खारेज गर, हाम्रो भूमि लुट्ने बन्द गर, जनताको पीडामा सरोकार नराखने सरकार चाहिदैन, निजी घर जग्गामाथिको हस्तक्षेप बन्द गर’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
काठमाण्डौ उपत्यकाका नदी तथा खोलबाट दाँयाबाँया २० मिटर नयाँ संचरना बनाउन नपाइने सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि काठमाण्डौ महानगरपालिकाले सूचना निकालेको थियो । प्रदर्शनमा भूमि अधिकार संरक्षण समितिका श्यामकृष्ण प्रजापति, धोविखोला करिडोर प्रभावित मू समितिका ऋषिराम बस्या लगायतले जनताको मागलाई सम्वोधन गर्न माग गरेका थिए ।
आज विहिवारको उक्त प्रदर्शनका लागि तयारीको क्रममा केहि दिन अघिदेखि विभिन्न स्थानमा प्रचारात्मक रुपमा प्रदर्शन र कोणसभा गर्दे आएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article