चैत्र १३ , नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमलान घिसिङलाई बर्खास्त गरेको विरोधमा कीर्तिपुरमा पनि नागरिक समाजका अगुवाहरुले प्रदर्शन गर्न थालेका छन् । कीर्तिपुर वडा नं १ बाघभैरव स्थानको प्रजादबूमा बुधवार बेलुकी प्रदर्शन गरेका थिए । सो क्रममा स्वतन्त्र नागरिक अभियानका राजमान मावन, नरेश श्रेष्ठ लगायतका ब्यक्तित्वहरुले कुलमानको पक्षमा र सरकारको विरोध गर्दै आफ्ना विचारहरु राखेका थिए । त्यसैगरी भोलि चैत्र १४ गते पांगादोबाटोमा साँझ ५ बजे जम्मा भएर नगाउँदोबाटोसम्म मौन प्रदर्शन गरिने आयोजक स्वतन्त्र नागरिक अभियानले जनाएको छ । त्यसै गरि मंगलवार बेलुकी कुलमान घिसिङलाई दुई तिहाई बहुमत सरकारले पदबाट बर्खास्त गरेको विरुद्ध पाँगा धोकासीमा कोणसभा गरेको थियो । सो क्रममा पत्रकार नजरराम महर्जन र स्थानीय नरहरी महर्जन लगायतले कुलमानको बर्खास्तको विरोधमा बोलेका थिए । यसैवीच मंगवार बेलुकी नै त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा माओवादी केन्द्र निकत अखिल क्रान्तिकारीका विद्यार्थीहरुले मसाल जुलुस समेत प्रदर्शन गरेको थियो ।
तस्वीर : सामाजिक संजाल