समृद्ध कीर्तिपुर निर्माणमा हाम्रो जिम्मेवारी निजि क्षेत्र स्थानीय सरकार सबैको साझेदारी कार्यक्रम मंगलवार कीर्तिपुरमा सम्पन्न भएको छ ।
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजना र समन्वयकर्ता एकिकृत बागमती प्रदेश उद्योग वागिज्य संघहरू रहेका थिए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोललाई बधाई तथा शुभकामना प्रदान गरेको थियो ।
कार्यक्रममा साक्ष्यातकार प्रस्तुतिकरण डा. गिरी पन्थीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सरकार प्रमुखसंग मिलेर कीर्तिपुरस्थित रोजगार बढाउन् लगानीमा प्रवर्द्धनमा साथ सहयोग ओैधोगिक ग्राम स्थापनाका लागि पुर्ण साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
दक्षिणकाली मेयर मोहन बस्नेत , महासघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ लगताएका सहभागी भएका थिए । कीर्तिपुरका ४ नं वडाका वडा अध्यक्ष राजेन्द्र बानियाँ, गोदावरी उधोग बाणिज्य संघ अध्यक्ष राजन महर्जन, गाकर्णेश्वर उघोग बाणिज्य संघ अध्यक्ष रमेश रिसाल, महालक्ष्मी उधोग बाणिज्य संघ अध्यक्ष नविन्द्रदेव महर्जन लगायतको पनि उपस्थिति थियो ।
