कीर्तिपुर नयाँबजारस्थित नगरमण्डप श्रीकीर्ति विहार स्थापना भएको ५० औं बर्ष पुगेको उपलक्ष्यमा गत सोमवार विशेष समारोह सम्पन्न भयो । बुद्धपुजादेखि बाजागाजा सहित नगर परिक्रमा समेत भएको थियो भने दिउँसो स्वर्ण महोत्सव समारोह समेत भएको थियो । कार्यक्रममा नगरमण्डप श्रीकीर्ति विहारका संस्थापक स्व. सुदर्शन महास्थविरको प्रतिमा वागमती प्रदेशका सांसद पुकार महर्जन र कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको उपस्थितिमा थाई राजदूत र संघीय सांसद राजेन्द्रकुमार केसीले अनावरण गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिदेखि बौद्ध धर्ममा क्रियाशिल साथै विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
तस्बिर : दुर्गालाल शाही