20 C
Kirtipur
Saturday, May 24, 2025

नेवाः फिल्म नेवाः फुड फेस्टिभलफागुन ११ गते आइतबार कीर्तिपुर सिनेप्लेक्स हलमा

Must read

“नेवाः तजिलजि नेवाः सवाः, स्वयेनु झीसं नेवाः संकिपा” नाराका साथ ने.सं. ११४५ सिल्लागा दशमी (फागुन ११ गते) आइतबार नेपाल कला उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स एवं कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा कीर्तिपुर सिनेप्लेक्स हलमा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड फेस्टिभल” हुने भएको छ ।
स्थानीय कीर्तिपुर नगरपालिका २ वडास्थित क्वाःच्व महिला समूहसंग सम्पूर्ण नेवाः परिकारको स्टलको लागि सहकार्य गरी उक्त नेवाः फिल्म नेवाः फुड फेस्टिभल हुनलागेको जानकारी आयोजक संस्था नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले दिनुभएको छ । डंगोलका अनुसार कीर्तिपुर सिनेप्लेक्स हल परिसरमा फुड फेस्टिभलको रुपमा सम्पूर्ण नेवारी परिकारहरुको स्टल रहने जानकारी दिनुभएको छ ।
उक्त नेवाः फिल्म नेवाः फुड फेस्टिभलमा नेपालभाषाका बेग्लाबेग्लै कथावस्तु तथा विधाका पा“चवटा उत्कृष्ट नेपालभाषाका चलचित्रहरु विहान ९ बजेदेखि सा“झ ७ बजेसम्म प्रदर्शन गरिने जानकारी आयोजक कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले दिनुभएको छ । महर्जनका अनुसार उक्त फेस्टिभलमा सामाजिक यथार्थता बोकेको एवं अर्गानिक फिल्म संयुक्त स्थापित निर्देशित ‘गालय् वन’, बौद्ध जातक कथामा आधारित ज्ञानमूलक एवं प्रेरणादीय फिल्म अमृतचन्द्र श्रेष्ठ निर्देशित ‘सेरिब बञ्जा’, कमेडी, एक्सन एवं प्रेममय कथावस्तुको भरपुर मनोञ्जनातत्मक फिल्म राजेशमान सिंह निर्देशित ‘लिबाय् धुंकाः’, समाजमा घटित ऐतिहासिक लोककथामा आधारित सन्देशमूलक फिल्म पूर्णकाजी ज्यापु र अनुज महर्जन निर्देशित ‘हिसिमति’ र हा“स्यव्यंग एवं थ्रीलर हरर फिल्म युवा निर्देशक आशुतोष बाराही निर्देशित ‘ख्याः वल’ गरी पा“चवटा नेपालभाषाका चलचित्रहरु प्रदर्शन गरिने भएको छ ।
नेपालभाषाका चलचित्रहरु थुप्रै निर्माण भइरहेको छ । तर ती चलचित्रहरु बक्स अफिसमा समाविष्ट गरी प्रदर्शन गर्नसक्ने अवस्था हालसम्म पनि सिर्जना हुननसकेको अवस्थालाई मध्यनजर गरी अबका दिनदेखि नेपालभाषाका चलचित्रहरु बक्स अफिसमा राखी प्रदर्शन गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेवाः फिल्म नेवाः फुड फेस्टिभलको आयोजना गरेको जानकारी कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले दिनुभएको छ भने उहा“ले यो महोत्सव भनेको नेपालभाषाका फिल्म मेकर एवं कलाकारहरुलाई हौसला एवं प्रोत्साहन गर्न तथा नेपालभाषाका चलचित्रको उत्थान गर्नका लागि एक सानो पाईलाको रुपमा कदम चालेको विचार पनि राख्नुभएको छ र अबका दिनमा यसरी नै नेपालभाषाका चलचित्रहरु प्रदर्शन गर्दै जाने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ ।
यस्तै आयोजक कीर्तिपुर मिडिया हाउसका अध्यक्ष प्रताप महर्जनले नेवाः फिल्म नेवाः फुड फेस्टिभल समग्र रुपमा भन्नु पर्दा नेपालभाषाका चलचित्रहरु अन्य फिल्महरु जस्तै जनमानसमा प्रचार प्रसार गरी सबैको मानसपटलमा उत्प्रेरित गर्ने उद्देश्यका साथ एवं नेवाः समुदायका खाद्य पदार्थहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो महोत्सवको आयोजना भएको जानकारी दिनुभयो ।
महर्जनले नेवारी खाद्य पदार्थ एवं नेपालभाषाका चलचित्रहरुलाई पनि संचार जगतले अंगीकार गर्दै निरन्तर रुपमा प्रचारप्रसार गराउने हेतुले पनि नेवाः फिल्म नेवाः फुड फेस्टिभलको आयोजना गरेको विचार राख्दै अबका दिनमा प्रत्येक महिना यस्ता कार्यक्रमहरु गर्दै जाने र नेपालभाषाका चलचित्र निर्माण पक्षलाई हौसला एवं प्रवद्र्धनको पथमा दोहो¥याउन पथप्रदर्शकको रुपमा निरन्तरता दिने लक्ष्य रहेको विचार पोख्नुभयो ।
नेपालभाषाका चलचित्रहरु निरन्तर रुपमा निर्माण भइरहेका छन, तर प्रदर्शन गर्ने थलो नभएका कारण चलचित्र निर्माण पक्ष निराश भइरहेको अवस्थामा गुज्रिरहेका नेपालभाषा फिल्म मेकरहरुको लागि उहा“हरुले निर्माण गर्नुभएका नेपालभाषाका चलचित्रहरु बक्स अफिसबाट प्रदर्शनीमा ल्याउनको लागि पहलकदमी पाईलाको रुपमा नेवाः फिल्म नेवाः फुड फेस्टिभललाई लिन सकिन्छ ।
कीर्तिपुर सिनेप्लेक्सले हाल एक नया“ हल पनि निर्माण गरिरहेको अवस्था छ, उक्त हल चैत्र महिनाको अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न हुनेछ । कीर्तिपुर सिनेप्लेक्स हलको नया“ हल निर्माण सम्पन्न भइसकेपछि उक्त हलमा नेपालभाषाका चलचित्रहरुलाई विशेष प्राथमिकता दिई प्रदर्शन गर्ने कार्य थालनी गर्ने जानकारी नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले दिनुभएको छ ।
फागुन ११ गते आइतबार हुने उक्त नेवाः फिल्म नेवाः फुड फेस्टिभलको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले गर्ने जानकारी आयोजकले दिएको छ भने उद्घाटन कार्यक्रम फागुन ११ गते आइतबार विहान ८ः३० बजे हुनेछ । यस्तै, उद्घाटन कार्यक्रमपछि महोत्सवको पहिलो चलचित्र शो को रुपमा विहान ९ बजे ‘गालय् वन’ चलचित्र, विहान ११ः३० बजे ‘सेरिब बञ्जा’ चलचित्र, दिउ“सो २ बजे ‘लिबाय् धुंकाः’ चलचित्र, दिउ“सो ४ः३० बजे ‘हिसिमति’ चलचित्र र सा“झ ७ बजे ‘ख्याः वल’ चलचित्र प्रदर्शन गरिने जानकारी पनि आयोजकले दिएको छ ।
उक्त चलचित्र हेर्नका टिकट दर रु. ३ सय राखिएको छ । फिल्म हेर्नका लागि कीर्तिपुर सिनेप्लेक्सको वेबसाइटमा टिकट बुकिङ खुल्ला गरिएको छ भने हलको बक्स अफिस काउण्टरबाट टिकट खरिद गरी दर्शकहरुले ती चलचित्रहरु हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।
आयोजक संस्था कीर्तिपुर सिनेप्लेक्स, नेपाल कला संस्कृति उत्थान समाज एवं कीर्तिपुर मिडिया हाउसले फागुन ११ गते आइतबार विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म हुने उक्त नेवाः फिल्म नेवाः फुड फेस्टिभलमा सहभागिताका लागि सम्पूर्णमा निमन्त्रणा गरिएको छ भने नेपालभाषा चलचित्र एवं खाद्य पदार्थको प्रवद्र्धन एवं संरक्षण कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article