11 C
Kirtipur
Friday, February 7, 2025

स्थानीय पाठ्यक्रममा दकर्मीको कोर्ष राख्ने प्रयास गर्दै

Must read

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले कीर्तिपुरको स्थानीय पाठ्यक्रममा दकर्मी सिक्ने कोर्ष राख्न प्रयास भइरहेको बताउनु भएको छ । शनिवार राराहिल स्कुल १८ औं अभिभावक दिवस कार्यक्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर डंगोलले सो कुरा बताउनु भएको हो । मेयर कृष्णमान डंगोलले भन्नु भयो ‘अहिलको अवस्थामा शिक्षा ब्यवसायीक हुनु पर्छ । हाल आएर मन्तेश्वरीको रुपमा व्यवहारीक शिक्षा तलैवाट शुरु भइसकेको छ । विगतमा पूर्व व्यवसायीक शिक्षा थियो अहिले त्यस्तै खालका व्यवासयीक शिक्षा प्रदान गर्नु जरुरी छ । अहिले शिक्षा क्षेत्रमा धेरै विकास भएको छ । व्यवहारीक र व्यवसायीक शिक्षा दिनु जरुरी छ । कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा परिमार्जनको पहल भइरहेको छ । त्यसमा व्यवसायीक शिक्षा राख्न खोजेको छु । स्थानीय पाठ्यक्रमा दकर्मी बन्ने व्यवसायीक शिक्षा राख्ने प्रयास गर्दैछु । यस्तो शिक्षाले ओभरसियर इन्जिनियर बन्न पनि सजिलो हुनेछ । कीर्तिपुरलाई शैक्षिक हव शैक्षिक पर्यटनको निर्माण पक्षमा पनि छु ।’ उहाँले सुन्दर शान्त कीर्तिपुर नगरी बनाउने सोचका साथ आफू लागेको बताउनु भयो ।
विद्यालयका प्राचार्य जगत बहादुर महर्जनले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article