20 C
Kirtipur
Saturday, May 24, 2025

भाषा ऐन अनुसार विज्ञ समुह गठन गर्न पहल गर्ने प्रदेश मन्त्री महर्जनको प्रतिवद्धता

Must read

बागमती प्रदेशया श्रम, रोजगार तथा यातायात मन्त्री कृष्णभक्त महर्जनले बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनका लागि ऐनमा भएको व्यवस्था अनुसार विज्ञ समुह गठन र प्रतिष्ठान गर्नका लागि विभागीय मन्त्रीसंग कुरा गर्ने बताउनु भएको छ । मन्त्री महर्जनले उक्त कार्यका लागि आफूले मन्त्रीपरिषदको बैठकमा समेत कुरा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेवाः देय् दबू ललितपुर जिल्लाको शनिवार भएको दोस्रो अधिवेशनको क्रममा प्रमुख अतिथिको आसन ग्रहन गर्दै आफ्नो विचार राख्ने क्रममा सो कुरा बताउनु भएको हो ।
देय् दबू ललितपुर जिल्लाको दोस्रो अधिवेशनको क्रममा विशेष अतिथि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भषा बनाउने ऐन लागू भयो भनी घोषणा गरेको नै ९ महिना वितिसकेको बताउदै उक्त ऐन कार्यान्वयनका लागि ऐनमा ब्यवस्था भए अनुसारको विज्ञ समुह र प्रतिष्ठान गठन नगरे सडक आन्दोलनमा आउने चेनतावनी दिनु भएको थियो । नेवाः देय् दबू ललिपुर जिल्ला समितिका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्वमा भएको उक्त अधिवेशनको क्रममा बन्द शत्रवाट नयाँ नेतृत्व सर्वसम्मतमा चयन भएको छ ।
नयाँ नेतृत्वमा अध्यक्षमा कृष्णभक्त डंगोल, बरिष्ठ उपाध्यष विजय कुमार महर्जन, उपाध्यक्षहरु गजेन्द्र प्रधान, मिसा न्वकू सबिता डंगोल, सचिवहरु बुद्धलक्ष्मी महर्जन, ज्ञानी महर्जन, कोषाध्यक्ष अमिरराज महर्जन, सदस्यहरुमा निशान महर्जन, तुल्सी बहादुर महर्जन, मनोज महर्जन, रविन शाक्य, पशुपतिभक्त तुृलाधर, दशराज तण्डुकार, साजन महर्जन, निलम डंगोल, अमिता अवाले, रश्मी महर्जन, गजेन्द्र महर्जन, एलेन महर्जन, जयराम महर्जन र भूवन श्रेष्ठ सर्वसम्मतले चयन भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article