20 C
Kirtipur
Saturday, May 24, 2025

भाषा ऐन कार्यान्वयनका लागि प्लेकार्ड प्रदर्शन गर्दै मातृभाषा दिवस मनाउने

Must read

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू कीर्तिपुर नगर समितिले बागमती प्रदेशमा भाषा ऐन कार्यान्वयन गर्नका लागि दबाव दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन फागुन ९ गते शुक्रवार प्लेकार्ड प्रदर्शन गर्ने भएको छ । अन्तर्राष्ट्रिय भाषा दिवसको दिनमा प्लेकार्ड प्रदर्शन गरी मनाउने निर्णय नेवाः देय् दबू कीर्तिपुर नगर समितिको दोस्रो अधिवेशनको क्रममा माघ १७ गते विहिवार निर्णय गरेको हो ।
नेवाः देय् दबू देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबू कीर्तिपुर नगर समितिको दोस्रो अधिवेशन उदघाटन गर्दै प्रमुख अतिथिको आशनवाट नै बागमती प्रदेश भाषा ऐन लागू गराउनका लागि दबाव दिन मातृभाषा दिवसको दिनमा प्लेकार्ड प्रदर्शन गर्नका लागि आह्वान गर्नु भएको थियो । बागमती प्रदेशले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्न ऐन बनाएको र उक्त ऐन कार्यान्वयन भयो भनी घोषणा गरेको ९ महिना पुगेको अवस्थामा पनि ऐनको आधारमा विज्ञ समुह गठनदेखि प्रतिष्ठान गठन समेत नगरेका कारण अव दबाव दिने समय आयो भन्दै उक्त दबाव मुलक कार्यक्रम गर्न प्रस्ताव गर्नु भएको थियो । अव कीर्तिपुर नगर समितिले मात्र हैन देय् दबूका उपत्यकाका सबै पालिका समिति र विभिन्न नेवाः संगठनले पनि दबाव मुलक कार्यक्रम गर्नुपर्नें बताउदै उहाँले यो दबाव प्रदेश सरकार, प्रदेश सांसद र राजनीतिक दलहरुलाई हुने बताउनु भयो ।
कीतिृपुरको लोकतान्त्रिक चोकमा फागुन ९ गते शुक्रवार भाषा ऐन कार्यान्वन गर्नुपर्ने, भाषा ऐन अनुसार विज्ञ समुह गठन गर्नु पर्ने, भाषा ऐन अनुसार प्रतिष्ठान गठन गर्नुपर्नेः, सुझाव कार्यदल

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article