11 C
Kirtipur
Friday, February 7, 2025

विश्व म्याराथनको लागि छनौटमा कीर्तिपुरका धावक धर्म महर्जन प्रथम

Must read


कीर्तिपुरका म्याराथन धावक धर्म महर्जन विश्व म्याराथनका लागि छनौट भएको एसियाको खेलमा प्रथम भएका छन् । हालै मात्र भारतको मुम्बाईमा भएको २० औं टाटा मुम्बाई म्यारथनमा महर्जन प्रथम भएका हुन । फुल म्यारथन ४२ किलो मिटरमा धर्म महर्जन ५० देखि ५५ बर्ष उमेर समुहमा प्रथम हुन सफल भएका हुन । उनले २ घण्टा ५० मिनेटमा सो दुरी पार गरेका थिए । दोस्रो र तेस्रो स्थानमा भारतीय नागरिहरु परेका छन् । धर्म महर्जनले विजय हासिल गरेको बर्ष समुहमा मात्र करिव ८ सय जना प्रतिस्प्रर्धामा रहेका थिए । टाटा मुम्बाई म्याराथनमा यस बर्ष सबै उमेर समुहका गरि करिव १८ हजार जना म्याराथन धावकहरुले भाग लिएका थिए । अघिल्लो बर्षमा पनि कीर्तिपुरका धर्म महर्जन आफ्नो उमेर समुहका प्रथम भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article