11 C
Kirtipur
Friday, February 7, 2025

नयाँ नेवाः आइडल आश्रय रन्जित

Must read

माघ,६
नेपालभाषा गायत क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवाः आईडल दोस्रो संस्करण अन्तर्गत शनिवार भएको फिनाले मा आश्रय रञ्जित नेवाः आईडल हुन सफल भए । पुरस्कार स्वरुप रंजितलाई
ट्रोफी, प्रमाणपत्रका साथ साथै नगद १ लाख २५ हजारका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । फर्स्ट रनर अप हुन सफल रत्न मान महर्जनलाई प्रमाणपत्रका साथै नगद ५० हजार र सेकेन्ड रनर अप सुजितमान शाक्यलाई प्रमाणपत्र, नगद २५ हजार प्रदान गरेको थियो । निर्णायक मण्डलमा संगीतकार गोविन्द ह्यूमत र संगीता शाक्य रहेका थिए । जम्मा ७० जनाको सहभागीतामा विभिन्न चरणको छनौट हुदै फाइनलमा सुजितमान शाक्य, हना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयमि, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए । फाल्कन इभेन्टको आयोजना भएको उक्त कार्यक्रममा पहिलो नवाः आइडल मञ्जिल शाक्यले नयाँ नेवाः आईडल रंजितलाई ट्रफि प्रदान गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article