11 C
Kirtipur
Friday, February 7, 2025

नगां दाफा खलः कीर्तिपुरको “जितः यःम्ह” माघ १ गते मगन यूट्युब च्यानलबाट रिलिज हुने

Must read


– ललेन्द्र शाक्य
कीर्तिपुर÷हालको समय नेपालभाषा म्यूजिक भिडियो क्षेत्रमा सनसनीपूर्ण प्रचारमा आइरहेको कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टको ब्यानरमा एक बिल्कुलै फरक शैलीको म्यूजिक भिडियो निर्माण भइरहेको छ ।
मगन इन्टरटेन्टमेन्टकोप्राविधिक संयोजनमा रजिन महर्जनको छायांकन, सम्पादन एवं परिकल्पना तथा निर्देशनमा “जितः यःम्ह” अर्थात् “मलाई मनपर्ने” बोलको नेपालभाषाको म्यूजिक भिडियोको छायांकन कार्य गत शनिबार सम्पन्न भइसकेको छ भने हाल सम्पादन कार्य सम्पन्न गरी कलर करेक्सनको कार्य भइरहेको जानकारी निर्देशक रजिन महर्जनले दिनुभएको छ ।
यस “जितः यःम्ह” गीतको म्यूजिक भिडियो कीर्तिपुर नगरपालिका ९ वडास्थित नगां दाफा खलःको प्रस्तुतिको रुपमा सार्वजनिक हुने भएको छ भने उक्त गीतको गीतकार राजेन्द्र महर्जन हुन् ।
लोकलयमा आधारित उक्त गीत सन्तोष महर्जनको संगीत संयोजनमा तयार भएको हो भने गायक मथुरा महर्जन तथा दीपा महर्जनले “जितः यःम्ह” गीतमा स्वर दिनुभएको छ ।
“जितः यःम्ह” म्यूजिक भिडियोमा नेपालभाषा कलाकारिता क्षेत्रका चर्चित कलाकार मनोज महर्जनका साथ उदयीमान प्रतिभाशाली कलाकार राष्ट्रिका शाक्यको आकर्षक जोडीको रुपमा अभिनय समाविष्ट छन् ।
विक्रम महर्जनको कला निर्देशन, संजीवरत्न शाक्यको प्राविधिक निर्देशनका साथ कलर करेक्सन रहेको उक्त म्यूजिक भिडियोमा सनिशा महर्जनको नृत्य तथा सहायक निर्देशन रहेको छ भने सुरेन्द्र महर्जन तापाख्यःमिले प्रोडक्सन म्यानेन्जमेन्टको जिम्मा लिनुभएको छ ।
मगन इन्टरटेन्टमेन्टको निर्देशन एवं निरीक्षणमा नगां दाफा खलःका समस्त सदस्यहरुका साथ नगाउँका सम्पूर्ण टोलबासीहरुको अमूल्य सहगोगबाट पाँचदिन अगाडिदेखि छायांकनका लागि नगाउँ बस्तीलाईनै सुटिङ सेटको रुपमा निर्माणका साथै श्रृंगार एवं व्यवस्थापन गरी गत शनिबार “जितः यःम्ह” गीतको म्यूजिक भिडियो छायांकन कार्य सम्पन्न गरिएको हो।
“जितः यःम्ह” म्यूजिक भिडियोमा प्रमुख कलाकारको रुपमा मनोज महर्जन एवं राष्ट्रिका शाक्यका साथै अन्य विभिन्न कलाकारहरुको आकर्षक एवं न्यायोचित कलाकारिता समाविष्ट भएको जानकारी निर्देशक रजिन महर्जनले दिनुभएको छ ।
कीर्तिपुर नगरपालिका ९ वडा नगाउँ का सम्पूर्ण स्थानीय टोलबासीहरुको उत्साहजनक सहभागिता रहेको उक्त म्यूजिक भिडियो संगीत, कला एवं मनोरञ्जन क्षेत्रमा एक ऐतिहासिक पाईलाको रुपमा स्थापित हुन सफ हुने विश्वास म्यूजिक भिडियो निर्माण पक्षले लिएको छ भने नेवाः मौलिकता जगेर्णाका निम्ति अन्य टोलका बासिन्दाहरुका लागि हौसला एवं यस्ता कार्य गर्नका निम्ति उत्प्रेरित गर्ने विषयमा पनि म्यूजिक भिडियो निर्माण पक्ष आशावादी भएका छन् ।
“जितः यःम्ह” म्यूजिक भिडियो आउँदो माघ १ गते माघे संक्रान्तिका दिन मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक हुने जानकारी निर्देशक रजिन महर्जनले दिनुभएको छ भने महर्जनले म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रमको निम्ति कुनै औपचारिक कार्यक्रम गर्ने विषयमा कुनै निर्णय हालसम्म नभएको जानकारी पनि दिनुभयो ।
“जितः यःम्ह” म्यूजिक भिडियो सार्वजनिकीकरण विषयमा कलाप्रेमी व्यक्तित्वहरुले उक्त म्यूजिक भिडियो कुनै हलमा प्रिमियर नगरी नगाउँकै लाछी टोलमा एक सांस्कृतिक कार्यक्रमका साथ सार्वजनिक गरेको खण्डमा सुनमा सुगन्ध हुने विचार राखेका छन् ।
गएको शनिबार “जितः यःम्ह” म्यूजिक भिडियो छायांकन कार्य अवलोकनका निम्ति कीर्तिपुर नगरपालिका ९ वडा नगाउँ पुगेका कलाकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरुका अनुसार मगन इन्टरटेन्टमेन्टले हालसम्म निर्माण गरेका म्यूजिक भिडियोहरुमध्ये “जितः यःम्ह” म्यूजिक भिडियो सर्वोत्कृष्ट म्यूजिक भिडियोको रुपमा स्थापित हुने विषयमा दुईमत नहुनेभन्दै आआफ्नो विचार राख्नु भएको छ । उहाँहरुले नेपालभाषा म्यूजिक भिडियो क्षेत्रमा बस्तीलाई नै छायांकन सेट बनाई निर्माण भएको पहिलो म्यूजिक भिडियो “जितः यःम्ह” नै भएको विचार पनि राखेका थिए ।
नगां दाफा खलःको प्रस्तुति “जितः यःम्ह” म्यूजिक भिडियो के कस्तो हुने हो ? हेर्न बाँकी नै छ । प्रतिक्षा गरौं माघ १ गते माघे संक्रान्तिसम्म ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article