के.के मानन्धर
मध्यपुर महाेत्सवका हरेक पक्षले उत्साही र गर्व महसुस गराइरहँदा एउटै मात्र विषय स्थानिय पाठ्य पुस्तक मध्यपुरकाे देख्न नपाउँदा खल्लाे महसुस गरें ।
बालकुमारी क्षेत्रगत समिति अन्तरगतकाे लाय्कू परिसरमा पुस्तक प्रदर्शनी थियाे । काठमाडौं उपत्यकाका पुराना र ऐतिहासिक मुख्य पालिकाहरूले अाअाफ्ना नगरका विद्यालयमा लागू गरेका स्थानिय पाठ्य पुस्तकहरू साे प्रदर्शनीस्थलमा राखेकाे थियाे । काठमाडौं र ललितपुर महानगरपालिका, कीर्तिपुर र टाेखा नगरपालिकामा स्थानिय विषय अन्तर्गत अनिवार्य नेपालभाषा सम्मिलितकाे पाठ्य पुस्तक देख्दा अानन्दित भएँ ।


स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्याभूत गरेकाे शिक्षा सम्बन्धिकाे अधिकार प्रयाेग गरि बहुसंख्यक मातृभाषी समुदाय रहेका पालिकाले धमाधम स्थानिय पाठ्यक्रम बनाएर साेही बमोजिम स्थानिय भाषा, संस्कृति, सम्पदा, जीवनशैलीलाई अनिवार्य पढ्नुपर्ने सिलेबस उल्लेख गरि पाठ्य पुस्तक छापेर सामुदायिक र संस्थागत विद्यालयमार्फत लागू गरिररेकाे विदितै छ ।

मध्यपुर पनि स्थानिय पाठ्यक्रम निर्माण गर्नेतर्फ भक्तपुर नगरपालिका पछि देशभरकै दाेस्राे हाे । रामकृष्ण दुवाल सर नेतृत्वले पाठ्यक्रम बनाउँदा उहिले मेराे पनि झिनाे याेगदान रह्याे ।
तर,
पाठ्य पुस्तक अझै प्रकाशन भएको रहेनछ अथवा मलाई थाहा भएन । जबकि मध्यपुर पछि पाठ्यक्रम स्वीकृत गरेका पालिकाहरूले पाठ्य पुस्तक बनाएर लागू गरेकाे वर्षाैं भइसक्याे ।
मध्यपुरले स्थानिय पाठ्य पुस्तक किन लागू नगरेको हाेला ?
गर्न नसकेको हाे कि ? वा नचाहेको ?
अझ,
पाठ्यक्रमकाे अन्तिम प्रारूपमा अनिवार्य स्थानियभाषा अन्तरगत नेपालभाषा उल्लेख नरहेको रहेछ । जबकि बागमती प्रदेश सरकारले मातृभाषा लागू गराउन ऐन समेत पारित गरेकाे अवस्थामा मध्यपुर थिमि नगरपालिकामा नेपालभाषाकाे विषय अनिवार्य उल्लेख गरि पाठ्य पुस्तक छापेर लागू गर्नमा कहाँ समस्या रह्याे ? हलाे किन अड्कियाे ?
स्थानिय सरकार सञ्चालन ऐेन २०७४ र बागमती प्रदेश सरकारकाे भाषा सम्बन्धिकाे ऐेन विपरित मध्यपुर किन माैन रह्याे ?
यी र यस्ता प्रश्नले मध्यपुर महाेत्सवका हरेक पक्षले उत्साही र गर्व महसुस गराइरहँदा एउटै मात्र विषय स्थानिय पाठ्य पुस्तक मध्यपुरकाे देख्न नपाउँदा खल्लाे महसुस गरें ।
