11 C
Kirtipur
Friday, February 7, 2025

मध्यपुर महोत्सवमा परम्परागत नेवाः ज्ञान दिन नसकेकोमा दुःख ब्यक्त

Must read

आज भन्दा दुई दशक अधि थिमि महोत्सव भएको थियो । त्यो बेलामा समुदायले थिमि महोत्सव आयोजना गरेको थिया भने यपालि मध्यपुर थिमि नगरपालिकाले मध्यपुर महोत्सव आयोजना गरेको थियो । यस बर्षको तीनदिने मध्यपुर महोत्सव आइतवार सम्पन्न भएको छ ।
यस बर्षको मध्यपुर महोत्सवमा लखौं मानिसहरु मध्यपुर थिमिमा अवलोकन गर्न पुगेका छन् । योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो । महोत्सवमा आउनेहरूको आकर्षण ऐला, थ्वँदेखि नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो।
अवलोकनका लागि संघीय सांसद, प्रदेश सांसद, उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख, विभिन्न दलका नेता तथा जनप्रतिनिधिलगायत आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिति थियो।
मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणाका साथ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन भएको महोत्सवले यहाँको आर्थिक समृद्धि हासिल गर्न र पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने स्थानीयवासीले विश्वास व्यक्त गरेका थिए ।
महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य रहेको थियो ।
महोत्सव शङ्खधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिँदै बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा गतिविधिसहित सञ्चालन भएको थियो ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउन २ दशक पछि महोत्सव आयोजना गरेको हो। महोत्सवमा नगरभित्र पाँच सयभन्दा बढी स्टल छन्’, ‘स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेसा, परिकार र उत्पादनको प्रवर्द्धनलाई जोड दिएका थिए ।

एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश गरिाइएको थियो ।
थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा राखिएको थियो ।
लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा राखिएको थियो ।
स्थानीय परम्परागत नेवाः ज्ञान पनि पर्यटकहरुलाई दिने उद्देश्य भएतापति यसपालि धेरै नै घुइचो लागेका कारण ती ज्ञानहरु जति दिनुपर्ने र पर्यटकहरुले लिनुपर्ने लिन नपाएको कुरा मध्यपुर महोत्सव मूल समारोह समितिका संचालक सदस्य श्यामकृष्ण मानन्धरले स्वीकार गर्नुभयो । उहाँले परम्परागत ज्ञान दिन नसकेकोमा दुःख पनि ब्यक्त गर्न भयो ।

तस्बिर : सामाजिक संजाल

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article