11 C
Kirtipur
Friday, February 7, 2025

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप सम्पन्न

Must read

काठमाडौँ, पुस १०
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । मंसीर १० गते भएको उक्त प्रतियोगितामा वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । डब्ल्यूएनओ नेपाल च्याप्टरले फाइनलमा राष्ट्रिय समाचार समिति (रासस)लाई सडन डेथ ४–३ गोलले हरायो । निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआृउटबाट भएको हो । यसअघि सेमिफाइनलमा डब्ल्यूएनओ नेपाल च्याप्टरले ललितपुर वडा १६ कलाकार समितिलाई १–० र राससले टिम एभिएमलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गरेका थिए । रासस र एभिएमबिचको निर्धारीत समयको खेल गोलरहित बनेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा कलाकार समितिले टिम एभिएमलाई ४–२ ले हरायो । दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् ।
प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । नेवाः पत्रकार राष्ट्रिय दबु ए, नेपाल पत्रकार राष्ट्रिय दबु बी, राष्ट्रिय फोटो पत्रकार समूह, नेवाः कलाकार टिम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) समूह चरणबाटै बाहिरिएको थियो ।
सो प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम वज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । यसैगरी प्रतियोगिताअन्तर्गत नेवाः महिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो । जसमा पत्रकार टिमल
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरतन शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष गजुर्धन रार्ई, राससका नायब महाप्रबन्धक राजु शाक्य तथा एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले विजेता टिम तथा उपविजेता खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०९ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गर्न लागेको हो । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकको पहिचान दिनुपर्ने अभियानअन्तर्गत फुटसल प्रतियोगिता पनि आयोजना भएको

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article