आज बसेको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार चयन भएका डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।
एमाले बाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन स्वतन्त्र उम्मेदवार राजमान महर्जन , कवि कुमार महर्जन , नरेश श्रेष्ठ , नवरथ बानियाँ चुनावी मैदानमा छन्। यस्तै रास्वपा, नेमकिपाले पनि त्यहाँ प्रतिस्पर्धा गर्दैछ । वडा नम्बर १ का लागि नेपाली कांग्रेस बाट इच्छा कुमार महर्जन ,एमाले बाट हर्ष महर्जन , माओवादी बाट अष्ट महर्जन, जसपा बात सरल गोपाल महर्जन स्वतन्त्र बाट अर्जुन महर्जन , कमला महर्जन , बिनोद महर्जन चुनावी मैदानमा छ्न।
गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवार बढार्दै कांग्रेसले क्लीनस्वीप गरेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि उपनिर्वाचन हुँदैछ ।
गत निर्वाचनमा कांग्रेसका राजकुमार नकर्मीले ९,०४३ मत ल्याउँदा एमालेका केशरत्न बज्राचार्यले ५,५०७, माओवादी केन्द्रका शिवशंकर महर्जनले ४,०९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १,१५३ मत ल्याएका थिए ।
०७९ सालमा निर्वाचित नगर प्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हिरालाल महर्जन र वडा ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधनपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
कीर्तिपुर स्थित देव ढोकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भोलि विहान १० बजे बाट ५ बजे सम्म मनोनयन दर्ता हुने भएको छ।

